नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्षमा दिल शिरिस सर्वसम्मत !

पत्रकार महासंघ म्याग्दीमा तारानाथ शर्मा र पर्वतमा छविलाल तिवारी अध्यक्षमा निर्विरोध !

बागलुङ २०७३ फागुन ३ । नेपाल पत्रकार महासंघ बागलुङको अधिवेशनले नया कार्यसमिति निर्विरोध चयन भएको छ । सबै पत्रकारहरुवीच सौहार्दपूर्ण वातावरणमा महासंघ बागलुङ शाखाको अध्यक्षमा पत्रकार दिल शिरिस, उपाध्यक्ष व्दयमा नरेश कैडेल र उषा पौडेल, सचिवमा राम थापा अविरल, कोषाध्यक्षमा विजय राना, सहसचिव व्दयमा सुभाष आचार्य र नवीन शिशिर विक सर्वसम्मत भएका छन् ।

समितिमा एक एकजना दलित, महिला, जनजाति, अल्पसंख्यक गरी ५ जना र खुलामा ४ जना सदस्य समेत १७ सदस्यीय सदस्य रहने व्यवस्था छ । खुल्ला तर्फ, गणेश पौडेल ‘चन्द्र, राजु खड्का, लोकेन्द्र सुनार, कृष्ण कँडेल, नारायणप्रसाद रिजाल, सिर्जना पन्त सर्वसम्मत भएका छन् भने
महिला तर्फ सरिता खत्री, दलित तर्फ खगेन्द्र विश्वकर्मा, जनजाती तर्फ शेखर थापा, पदम छन्त्याल प्रकाश रहेका छन् ।

अधिवेसनले १८ केन्द्रिय पार्षद र ४ प्रदेश पार्षद पनि सर्वसम्मत चयन गरेको छ । केन्द्रिय पार्षदमा ताराप्रसाद शर्मा, भाषा शर्मा, रामनारायण सुवेदी, बविता शर्मा, राजेशचन्द्र राजभण्डारी, मुकेश राजभण्डारी, बद्रिप्रसाद शर्मा, कोपिला कडेल, ज्ञानेन्द्र गौतम, दिलीप पौडेल, किरण आचार्य, दुर्गादत्त आचार्य, प्रकटकुमार शिशिर, रामबहादुर जिसी, हिमाल शर्मा, रामकृष्ण बोहरा, पिम्ला गौतम र रामकृष्ण शर्मा चयन भएका छन् । प्रदेश पाषर्दमा नविन प्रताप जिसी, कविता घर्ती, प्रशान्त घर्ती, चन्द्रबहादुर क्षत्री रहेका छन् ।

नयाँ समितिलाई महासंघका केन्द्रिय महासचिव उजिर मगरले बधाई दिएका थिए ।

यसै बीच, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको मंगलबार बेनीमा सम्पन्न पाँचौ अधिवेशनबाट अध्यक्ष तारानाथ शर्मा, उपाध्यक्ष ठाकुरप्रसाद आचार्य, रुद्रकुमारी खत्री (मालती), सचिव गोरखनाथ सुवेदी, कोषाध्यक्ष हरिकृष्ण गौतम, सहसचिव कमल खत्री र गोपाल छन्त्याल, सदस्यहरु सुर्दशनकुमार श्रेष्ठ, प्रताप बानिया, पदम विश्वकर्मा, अमित विश्वकर्मा, आशिका मल्ल, सावीत्रा सुवेदी र दिनेश फगामी, केन्द्रिय पार्षदहरु सुरत केसी, प्रकाश पौडेल, सवी बानिया, धु्रबसागर शर्मा र देवीप्रसाद शर्मा तथा प्रदेश पार्षदहरुमा घनश्याम खड्का, निर्मल खत्री, रामचन्द्र गौतम, प्रमोद शर्मा, गिता मिजार र कमल बानिया निर्वाचित भएका छन् ।

उता, नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको अध्यक्षमा छविलाल तिवारी निर्विरोध चयन भएका छन् । सहकर्मी महेन्द्र केसीका अनुसार मोर्चा गठन गरी चुनावी मैदानमा उत्रिने भनिएता पनि अन्तत सहमतिमै अध्यक्षको टुंगो लागेको छ । अन्य पदाधिकारी र कार्यसमिति सदस्य चयनको लागि ६ संगठनलाई पदविभाजन गरी जिम्मा दिइएको छ । संगठनहरु कसलाई महासंघमा पठाउने, को केन्द्रिय पार्सद र प्रदेश पार्षदमा जाने भन्नेबारेमा छलफलमा रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *