नेपाल पत्रकार महासंघ गुल्मीको अध्यक्षमा नवराज भुसाल सर्वसम्मत !

कमल पौडेल, गुल्मी २०७३ फागुन ३ । नेपाल पत्रकार महासंघ गुल्मी शाखाको पाचौं जिल्ला अधिवेशन आगामी ३ वर्षको लागी नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । नवराज भुसालको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको महासंघको उपाध्यक्षमा अनिल खत्री, महिला उपाध्यक्षमा सीता भण्डारी, सचिवमा टोप लाल अर्याल, सहसचिवमा नारायण प्रभात मरासिनी, सहसचिवमै घनश्याम खरेल, कोषाध्यक्षमा तेजिन्द्र श्रेष्ठ तथा सदस्यहरुमा रामकृष्ण कंडेल, राजेन्द्र पन्थी, धनकुमारी नेपाली, कौरव खत्री, रेशम कुँवर, छवि पाण्डे, दधिराम खनाल रहेका छन् ।

त्यस्तै केन्द्रिय सभासद्मा हरिकुमार श्रेष्ठ, घनश्याम गौतम, जनार्दन घिमिरे, हरिकुमार पोखरेल, कमल पौडेल, गगनशिला खड्का, प्रेम सुनार रहेका छन् ।
त्यस्तै प्रादेशिक सभासद्मा हेमलाल भण्डारी, ज्ञान वहादुर महतरा, तिलक महत, गणेश सारु, सञ्जीवनी अर्याल, अर्जुन भण्डारी, तारा प्रसाद भुसाल, मदन पौडेल निर्वाचित भएका छन् । यसैवीच अधिवेशनको अवसर पारेर नवनिर्मित महासंघको भवन समेत उद्घाटन गरिएको छ। नेपाल पत्रकार महासंघ का केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले सो नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । गुल्मी शाखाले ४७ लाखको कुल लागतमा सुचना प्रविधि मैत्री भवन निर्माण गरेको हो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.