पाङग्राङ गाबिसका ७० वर्ष माथिका १५० जना जेष्ठ नागरिक सम्मानित !

माधब पराजुली, पर्वत २०७३ फागुन ३ । गाविसका सबै बृद्धबृद्धालाई सम्मान गरौँ जेष्ठ नागरिकहरुलाई सम्मान नै राष्ट्रको समृद्धी हो भन्ने नाराका साथ निर्वाचन क्षेत्रका २९ वटै गाविसका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने अभियान शुरु गरेका पर्वत क्षेत्र नम्वर २ का सांसद विकास लम्सालले सोमबार पर्वतको पाङग्राङ गाबिसका जेष्ठ नागरिक लाई सम्मान गरेका छन् । दुई वर्ष अगाडीदेखि शुरु गरेको अभियान अन्तर्गत सांसख लम्सालले पाङग्राङ गाविसका १५० जना जेष्ठ नागरिकहरुलाई फलफुल बितरण तथा अबिर फुलमाला र दोसल्ला ओढाएर सम्मान ग।रेका हुन् ।

गाविसको तथ्याङ्कका आधारमा ७० वर्ष माथिका १५० जेष्ठनागरीकहरु लाई सम्मान गरिएको सांसद लम्सालले बताए ।

गाविस कार्यालयको प्राङगणमा आयोजित एक कार्यक्रमका अवसरमा बृद्धबृद्धाहरुलाई दोसल्ला र खादा ओढाएर सम्मान गर्दै सांसद लम्सालले गाउँमा भएका जेष्ठ नागरिकहरु आफ्नै सदस्यबाट अपहेलित भएका बेला सासदले सम्मानं गर्दा सम्मानित जीवन जिउन प्रेरणा मिल्ने भएकोले आफुले यस्तो कार्यक्रम ल्याइएको बताए ।

हाल सम्म ९ गाविसका जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिसकेका सासंद लम्सालले पछील्लो समय बृद्धबृद्धाहरुलाई सम्मानको गर्ने संस्कार समाजमा नरहेको भन्दै समाजका मानिसलाई सहि मार्गमा हिडाउन आफुले प्रत्येक गाबिसका जेष्ठ नागरिकलाई सम्मान गर्ने अभियान चलाएका स्पष्ट पारे ।

जीवनको युवा अवस्था देखि समाज र राष्ट्रलाई योगदान गर्ने बृद्धालाई सबैलाइ सम्मान गर्न आह्वान गर्दै सांसद लम्सालले जेष्ठनागरिक सिप र ज्ञानका भण्डारण भएकाले उनीहरुबाट अहिँलेका यूवा पुस्ताले ज्ञान आर्जन गर्नुपर्नेमा जोड दिए । उनले क्षेत्र नं.२ का प्रत्येक गाबिसका जेष्ठनागरिकलाई सम्मान गर्न सांसद कोष बाट बजेट बिनियोजन गरेको बताए ।

कार्यक्रमका अवसरमा बोल्दै सम्मानित बृद्ध जित प्रसाद पाण्डेले घर परिवार बाटै हेला भएका बेला सांसदको तर्फबाट पाएको सम्मान आफूहरुका लागि स्मरणीय हुने भन्दै खुशी व्यक्त गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.