गलकोटपत्र साप्ताहीकको छैटौं वार्षिकोत्सव : स्मारिकाको बिमोचन !

खगेन्द्र विश्वकर्मा, गल्कोट २०७३ फागुन ३ । गलकोट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड हटियाद्धारा स्थानिय संचार समुदायका लागि शक्ति र अवसर भन्ने नाराको साथ प्रकाशित गलकोट पत्र साप्तहिकको छैठौ वार्षिकोत्सव समारोहको अवसरमा विशेषाङ बिमोचन कार्यक्रम हटियामा सम्पन्न भएको छ । कार्यक्रममा गलकोट पत्र साप्ताहिको विशेषाङ् स्मारिकाको बिमोचन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन समारो्हमा बोल्दै पुर्व सभाषद क्यापटेन पुर्ण बहादुर रानाले पत्रकारिता समाजको विकासको प्रमुख पेसा भएकोले नागरीकलाई सुचना प्रदान गर्दा सत्य तथ्य र सन्तुलिन हुन आवश्यक भएको बताए । उहाँले गलकोटपत्र सम्बिन्धित ठाँउ तथा पाठकबिच लैजाने कार्यलाई अझै सम्पादनीय बनाउनु पर्ने आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्टिय जनमोर्चा का जिल्ला कमिटि सदस्य पदम श्रेष्ठ,ने.क.पा माओवादी पाटी केन्द्रका महाधिवेशन प्रतिनिधि ज्ञामनाथ गैरे अनिल, ने.क.पा एमाले गलकोट बिशेष इलाका कमिटिका अध्यक्ष बुल बहादुर के.सी,नेपाली काग्रेसका जिल्ला सदस्य सुरेन्द्र बम मल्ल,एकता आवसिय मा.विका पुर्व प्रिन्सीपल यम बहादुर श्रीस पृथ्वी मा.वि हरिचौर स्रोत केन्द्रका स्रोत व्यक्ति बम बहादुर थापा गलकोट बहुमुखि क्याम्पसका क्यामपस प्रमुख देबेन्द्र बहादुर खत्री , सामुदायिक सेवा केन्द्र गलकोटकी अध्यक्ष मञ्जु शर्मा चालिसे गलकोट पत्रकार समाजका अध्यक्ष मित्र खरेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

त्यसै गरी कार्यक्रममा निरन्तर गलकोटपत्रलाई प्रकाशनमा सहयोग पुर्याउने गलकोट अपसेट प्रेस, उत्कृष्ट बिज्ञापन दाता न्युलाईफ आबसिय माबि हरिचौर, सम्बादाता बालकृष्ण सुबेदी तथा उत्कृष्ट ब्यबस्थापक जिबनकला खत्री सरिता लगाएतलाई सम्मान गरिएको थियो ।

कार्यक्रम गलकोटपत्र साप्ताहिकका सम्पादक दिनेश पन्तको अध्यक्षता गलकोट सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष गुमानसिँह भण्डारीको स्वागत मन्तव्य र गलकोट एफ.एम का स्टेशन प्रमुख घनश्याम गौतमको संञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *