गुल्मी अस्लेवा स्थित जनता उमाविको स्वर्ण महोत्सव आज देखि !

प्रेम सुनार, गुल्मी २०७३ पुस १८ । गुल्मी अस्लेवा स्थित जनता उच्च माध्यामिक विद्यालयको स्वर्ण महोत्सव आज देखि सुरु हुँदै छ । ५ दिन सम्म चल्ने स्वर्ण महोत्सवको शिक्षा मन्त्रालयका सचिवले आज दिनको ११ वजे उद्घाटन गर्ने कार्यक्रम रहेको स्वर्ण महोत्सव प्रचार विभाग संयोजक विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

स्वर्ण महोत्सवको प्रचार प्रसार र सम्पुर्ण मिडियामा पुराउने अफिसियल मिडियाका रुपमा रेसुङ्गा टेलिभिजनलाई जिम्मा दिईएको प्राचार्य भिमलाल पाण्डेले बताए ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय कलाकार पुरुषोत्तम न्यौपाने , पशुपति शर्मा लगायतका कलाकारहरुले भव्य मनोरञ्जन प्रस्तुति रहने मुल आयोजक समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलराम अधिकारीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.