बरेङ स्थित रेडियो विहानीको दोस्रो बार्षिक सभा सम्पन्न !

प्रकाश छन्त्याल, बरेङ २०७४ चैत १० । सामुदायिक रेडियो विहानी ८९ मेघाहर्ज बरेङको दोस्रो वार्षिक सभा शनिबार सम्पन्न भएको छ । विहानी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित रेडियो विहानीको दोस्रो वार्षिक सभा बरेङ गाउपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले दीप प्रज्वलन गरि उद्घान गरेका हुन् ।

कार्यक्रममा विहानी बहुउद्देश्यीय सहकारी संस्थाका शिक्षा उपसमितीका संयोजक टोमनाथ शर्मा, भृकुटी माध्यमिक बिद्यालयका प्रधानाध्यापक रुप नारायण शर्मा, सर्बोदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक चित्र थापा, सर्बोदय क्याम्पस प्रमुख फुलकुमारी शर्मा, नमुना कृषी तथा पशुपालन सहकारी जैमिनी १० राङखानीका कार्यबाहक अध्यक्ष लाल बहादुर पुन, लघु उधम सहकारी संस्था बरेङ गाउपालिका वडा नं २ हुग्दिशिरका सचिव सन्त बहादुर श्रीस, बरेङ गाउपालिका वडा नं १ का वडा अध्यक्ष नरसिंह पुन, विहानी बहुउद्देश्यीय सहकारी संस्थाका संचालक समितीका सदस्य मिन बहादुर पुन, बरेङ गाउपालिकाका कार्यपालिका सदस्य नर बहादुर बिक, विहानी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुर्ण बहादुर पुन, प्रमुख अतिथी बरेङ गाउपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

१०७ जना शेयर सदस्यहरु उपस्थिती रहेको वार्षिक सभाको सामुदायिक रेडियो विहानीका संयोजक लेखान्त पुनको अध्यक्षता, बिज्ञापन प्रमुख हिरा पुनको स्वागत, स्टेशन कोअर्डिनेटर प्रकाश छन्त्यालको संचालनमा सम्पन्न भएको थियो भने रेडियोले आ व २०७३,७४मा ६५ लाख ८६ हजार ५सय ९७ रुपैंया बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गरेको छ ।

बागलुङको दक्षिण भेग र गुल्मीको उत्तरी भेगमा स्थापित रेडियो विहानीले विहान ५ वजे देखि राती ११ बजे सम्म दैनिक १८ घण्टा सुचनामुलक, समचारमुलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण गर्दै आइरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply