प्रभा माबि बोहरागाउँको ५६ औ बार्सिकउत्सवमा भलिबल प्रतियोगिता !

कुम्बिर बिश्जकर्मा, बागलुङ २०७३ फागुन २ । प्रभा माद्यामिक बिद्यालय ,बोहरागाउँको ५६ औं बार्सिकौत्सब विविध कार्यक्रम का साथ सुरु भएको छ। बिद्यालयले आयोजना गरेको कार्यक्रमहरुमा बोहरागाउँ वार्ड स्तरीय पुरुष भलिबल अन्तरगत वडा नं ४ र ५ द्दितिय र वार्ड नस् ८ तृतीय हुन सफल भएका छन। गा बि स आधारभुत बिद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा पशुपति आधारभुत बिद्यालय धाराखर्क सान्त्वना ,ज्योती आधारभुत बिद्यालय थापागाउ तृतीय ,जन माद्यामिक बिद्यालय झिम्पा व्दितिय,प्रभा माद्यामिक बिद्यालय झिवाखोला प्रथम भएका छन।

श्रोत केन्द्र माद्यामिक बिद्यालय स्तरीय वक्तित्वकला अन्तरगत जन माद्यामिक बिद्यालय झिम्पाका छात्रा बिमला परियार प्रथम,प्रभा माध्यमिक बिद्यालय झिवाखोला का छात्र बिरेन्द्र रेग्मी व्दितिय,ज्ञानेन्द्र माध्यमिक बिद्यालय निसि का देब घर्तिअ मगर तृतीय भएका थिए। बोहरागाउँ गा बि स भित्रका प्रा बि स्तरीय बौद्धिक खेल अन्तरगत जन माद्यमिक बिद्यालय झिम्पाका छात्र प्रबिन पौडेल प्रथम ,प्रभा माद्यामिक बिद्यालय का छात्र बसन्त रेग्मी व्दितिय,बोहरागाउँ प्राथमिक बिद्यालयका छात्र निशान साही तृतीय जनचेतना प्राथमिक बिद्यालय थापागाउ का छात्र थानिस्वर कडेल सान्त्वना भएका थिए।

त्यस्तै बोहरा गाउँ गा बी स भित्र कै प्रा बि स्तरीय बेलुन फोड प्रतियोगिता अन्तरगत प्रभा माद्यामिक बिद्यालय झिवाखोला का छात्रा सङ्गिता चन्द प्रथम ,बोहरागाउँ प्रा बि का छात्र तुल्सी चन्द द्दितिय,कर्ण प्रमुख प्रा बि धुवाखोर का छात्रा सम्झना सिर्पाली तृतीय भएका हुन ।

प्रभा माद्यामिक बिद्यालय झिवाखोला को ५६ औं बार्सिकउत्सब भोलि बागलुङ क्षेत्र न ३ का माननिय संसद ज्ञानकुमारी छन्त्याल द्दारा उत्घाटन हुने र बिद्यालय लाई सहयोग गर्ने चन्दादाताहरुलाइ सम्मान गर्ने बिद्यालय का प्रधानाध्यापक नबराज आचार्यले जानकारी दिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.