जनज्योती माविलाई प्रवेशद्धार निमार्णको लागि भुषालव्दारा ४ लाख सहयोग !

विमल नेपाली, गुल्मी, २०७३ फागुन २ । जनज्योती माध्यमिक विद्यालय पौदीअमराई २ अरेवा गुल्मीलाई पौदी अमराई २ का स्वर्गिय हरिलाल भुषालका ८५ बर्षिय छोरा हवल्दार डालेश्वर भुषालले विद्यालयको प्रवेश निर्माणका लागि चार लाख पाँच पच्पन्न रुपैया सहयोग गरेका छन् ।
आईतबारबाट सुरु भएको विद्यालयको ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवशका अवसरमा भुषालले विद्यालयलाई उक्त आर्थिक रकम सहयोग गरेका हुन । विद्यालयले दिएको जानकारी अनुसार आज सोमबार वार्षिकोत्सवको औपचारिक उदघाटन तथा चन्दादाता भुषाललाई बाजा सहित सम्मान गर्ने कार्यक्रम रहेको छ ।

आइतबार सम्पन्न ५७ औँ वार्षिकोत्सवको पहिलो दिन विद्यालयका विविध खेलकुद कार्यक्रम सम्पन्न भएका छन । कार्यक्रममा बोल्दै विद्यालयका प्रध्यानाध्यापक ईश्वरीप्रसाद आचार्यले चन्दादातालाई धन्यवाद ज्ञापन गरेका थिए । पहिलो दिन अर्थात आईतबारको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र रायमाझीको अध्यक्षता, शिक्षक पुर्ण प्रसाद पौडेलको स्वागत मन्तव्य एवम शिक्षक दोय महलाल पौडेल र लालु गिरीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम आज सोमबार पनि जारी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.