यस वर्षको एसईई (माध्यमिक शिक्षा परीक्षा) सुरु, बागलुङमा ५ हजार ४ सय विद्यार्थीले परीक्षा दिँदै !

झरना कडेल, बर्तिवाङ २०७४ चैत ८ । यस पटकको एसईई परीक्षा केहि समय अघि ठीक ८ बजे सुरु भएको छ । जिल्ला शिक्षा कार्यालय बागलुङले गर्ने अन्तिम एसईई परीक्षा मानिएको यस परक्षामा जिल्लाका १३९ ओटा विद्यालयका ५ हजार ४ सय १३ जना विद्यार्थी परीक्षामा सम्मेलित भएका छन । परीक्षामा नियमित तर्फ सामुदायिक विद्यालयका १ हजार ९ सय ५० छात्र, २ हजार ३ सय ९३ छात्रा गरि ४ हजार ३ सय ४३ जना, संस्थागत तर्फ ५ सय १० छात्र र ३ सय २ छात्र गरि ८ सय १२ जना विद्यार्थी रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

माध्यमिक शिक्षा परिक्षाका लागि बुर्तिबाङमा उत्तरगंगा माध्यमिक विद्यालय जनता सेकेण्डरी इङ्लिस वोर्डिङ स्कुल र रिभरहेड इन्टरनेश्नल एकेडेमी गरी तिनओटा परीक्षा केन्द्रमा परिक्षा सञ्चालन भएको छ ।

जनता सेकेण्डरी इङ्लिस वोडिङ स्कुलबाट भुजी माध्यमिक विद्यालय अधिकारीचौका छात्र २१ र छात्रा १९ गरी ४० जना ज्ञानोदय माविबाट ४१ जना छात्र र ३६ जना छात्रा गरी ७७ जना शिवालय मावि सैखोलाका छात्र २९ र छात्रा २७ गरी ५६ जना विद्या विकास माविबाट छात्र १२ र छात्रा १८ गरी ३० जना गरी कुल २ सय ३० जानले परिक्षा दिई रहेका छन् भने उत्तरगंगा माध्यमिक विद्यालयबाट जनता सेकेण्डरी इङ्लिस वोडिङका छात्र ११ छात्रा ९ गरी २० जना रिभरहेड इन्टरनेश्नल एकेडेमीका छात्र १३ छात्रा ७ गरी २० जना न्यु मोर्डन एकेडेमीका छात्र ३६ र छात्रा १२ गरी ४८ जना जनजागृती मावि वोंगादोभानका छात्र ३४ र छात्रा ३८ गरी ७२ जना प्रभा मावि बाहोरागाँउका छात्र २९ र छात्रा ३३ गरी ६२ जना र जनता मावी राजकुतका छात्र १३ र छात्रा २० गरी ३३ जना गरी कुल २ सय ९१ जना विद्यार्थी परीक्षामा सहभागी बनेका छन् ।

यो समाचार तयार पार्दा सम्म परीक्षा शान्तिपूणरुपमा सन्चालन भैरहेको छ ।

परीक्षालाई व्यवस्थित, मर्यादित र भयरहीत बनाउनका निम्ती हिँजो ढोरपाटन नगरपालीकामा सरोकारवालाविच छलफल भएको थियो । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउनका लागी तुल्सीराम अर्यालको संयोजकत्वमा ११ सदस्यिय परिक्षा सहयोग समिति गठन गरिएको छ । समितिको अन्य सदस्यहरुमा चित्र बहादुर भण्डारी टंक पौडेल धन बहादुर खत्री शालिकराम शर्मा दुर्गादेवी घर्ती कुमारी पुन सिता कडेल दिलमाया पौवि सहित पत्रकार सुमन सुनार झरना कडेल छविलाल पाण्डे रहेका छन् ।

तस्बीर-उत्तरगंगा मावि बुर्तिवाङमा विद्यार्थीहरु परीक्षा दिँदै ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply