संरक्षण कविता आन्दोलन यूरोपको तेश्रो कार्यक्रम सम्पन्न !

एन्तोर्पेन बेल्जियम, २०७३ फागुन २ । “सरक्षण कविता आन्दोलन, यूरोप” को तेश्रो कार्यक्रम बेल्जियमको एन्तोर्पेनमा काव्य गोष्ठी र काव्य वहस सहित १२ फेब्रुअरीमा सम्पन्न भयो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी एनआरएनका केन्द्रीय सचिव अर्जुन श्रेष्ठले बेल्जियममा आन्दोलनको प्रभाववारे प्रकाश पारेका थिए भने आन्दोलनका संयोजक दीपेन्द्र के.सीले आन्दोलनबारे चर्चा गरेका थिए ।

कार्यक्रमको पहिलो शत्रमा स्रष्टाहरु शँकर बजगाई, जगदीश सापकोटा, युवराज गुरुङ, जमुना गेरै बास्तोला, मोहन खत्री, परमानन्द सापकोटा, बिमल गिरी, खडक के.सी, सौरव कारञ्जित, बिष्णु सापकोटा, अर्जुन श्रेष्ठ, दीपेन्द्र के.सी र तीर्थ धमला (अनुपस्थित तर रचना प्राप्त)ले आफना कविता तथा मुक्तकहरु प्रस्तुत गरेका थिए ।

दोश्रो शत्रमा आन्दोलनको समीक्षा सहित काव्य वहस चलाइएको थियो । वाचित रचनाहरुबारे बिमल गिरीले टिप्पणी गरेका थिए । दोश्रो शत्रमा उल्लेखित स्रष्टा सहित जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास जोशी, व्यवसायी संघका अध्यक्ष सी.पी भट्ट, बागलुङ समाज बेल्जियमका अध्यक्ष गँगा शर्मा, अनेसास बेल्जियमका महासचिव परमानन्द सापकोटाले भाग लिएका थिए ।

कार्यक्रमको सँचालन तथा सहजीकरण आन्दोलनका सदस्य सचिव बिष्णु सापकोटाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *