छैठौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको छनौट खेल बुर्तिबाङमा सुरु !

सुमन सुनार, बुर्तिवाङ २०७३ फागुन २ । जिल्ला खेलकुद विकास समिति बागलुङव्दारा आयोजित छैठौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता क्षेत्र नम्बर ३ अन्तर्गतको छनोट खेल आईतबार देखि जिल्लाको बुर्तिबाङमा सुरु भएको छ ।

युबा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय कार्यक्रम अन्तर्गत संचालन भएको निर्वाचन क्षेत्र स्तरिय छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनौट खेलको उद्घाटन एकिकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाले गरेका थिए ।

बुर्तिबाङ स्थीत उत्तर गंगा माध्यमिक विद्यालयमा सञ्चालन भैरहेको उक्त छैठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीतामा एथेलेटिक्स ट्रयाक दौड, उफ्रने र फ्याँक्ने, छात्र तथा छात्रा भलिबल, मार्सल आर्टतर्फ, कवड्डी , कँराते, लगायतका खेललाई समावेश गरिएको छ । प्रतियोगितामा अन्तर माध्यमिक विद्यालका छात्र छात्रा विद्यार्थिले समावेश हुन पाउने ब्यवस्था गरिएको छ ।

पहिलो दिन १ सय इन्टु ४ रिले छात्र दौडमा उत्तर गंगा बुर्तिबाङ प्रथम, न्यू मोर्डन एकेडेमी द्धितिय र जनता बोडिङ्ग स्कुल तृतीय भएका छन् भने छात्रा तर्फ प्रभा मावि बोहोरागाउँ प्रथम, उत्तरगंगा मावि बुर्तिबाङ द्धितिय र रिभरहेर एकेडेमी तृतीय भएको क्षेत्र नं. ३ का संयोजक गोकुल शेरचनले जानकारी दिए ।

यस्तै ८ सय मिटर छात्र दौडमा न्यू मोर्डन एकेडेमीका लेखनाथ खरेल प्रथम, रत्नलक्ष्मी माविका प्रवेश केसी द्धितिय र उत्तरगंगा माविका दोर्ण घर्ति मगर तृतीय भएका छन् । यस्तै सटफुट तर्फ देविस्थान माविका सुमन मगर प्रथम, प्रकाश मावि खुर्गाका कमल कार्की द्धितिय र न्यू मोर्डन एकेडेमीका निर्माण सुनार तृतीय भएका छन् ।

सटफुट छात्रा तर्फ देविस्थान माविकी तुलसी मल्ल प्रथम, उत्तरु गंगा माविका शोभा कुँवर द्धितिय र प्रभा मावि बोहोरागाउँका मिठु चन्द तृतीय भएका छन् । यस्तै १ सय मिटर छात्र दौडमा न्यू मोर्डन एकेडेमीका लेखनाथ खरेल प्रथम, रिभरहेर एकेडेमीका अजय विक द्धितिय र जनता बोडिङ्गका मिलन विक तृतीय भएका छन् । छात्रा तर्फ जनमावि छिम्पाकी सिता क्षेत्री प्रथम, रिभरहेर माविकी पुजा पौडेल द्धितिय र उत्तरगंगा तिर्सना कुँवर तृतीय भएका छन् ।
यस्तै २ सय मिटर दौडको छात्र तर्फ रिभरहेर माविका चिजन विक प्रथम, उत्तरगंगा माविका विक्रम कार्की द्धितिय र प्रकाश मावि खुर्गाका याम रसाईली तृतीय भएका छन् भने छात्रा तर्फ प्रभा माविकी निलम केसी प्रथम, जनमाविकी मुना क्षेत्री द्धितिय र जनता बोडिङ्ग माविकी पुजा कंडेल तृतीय भएको संयोजक शेरचनले जानकारी दिए ।

यस्तै ४ सय मिटर छात्र दौडमा रिभरहेर माविका चिजन विक प्रथम, प्रभा माविका आशिष विक द्धितिय र उत्तरगंगा माविका जिवन पुन तृतीय भएका छन् । यस्तै छात्रा तर्फ विद्याविकास माविकी रिता अर्गेजा प्रथम, प्रभा माविकी धनिकला रेग्मी द्धितिय र रिभरहेर माविकी पुजा विक तृतीय भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *