संविधान संशोधन प्रस्ताव पारित गर्नु भनेको राष्ट्रिय संकट निम्त्याउनु हो- पहाडी

युवा संघ बागलुङको ८ औँ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा केसी !

बिक्रम सुनार, बागलुङ, २०७३ माघ २९ । युवा संघ नेपाल जिल्ला कमिटि बागलुङको आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उदघाटनपछि युवा संघ नेपालका अध्यक्ष राजिव पहाडीले संविधान संशोधन कुनै पनि हालतमा स्वीकार नहुने बताए । उनले भने, ‘नेपाली जनताको भावना विपरीतको संविधान संशोधन प्रस्तावलाई पारित तथा छलफलमा लैजानु भनेको मुलुकलाई कालान्तरमा विदेशी हस्तक्षेप गरि राष्ट्रिय संकट निम्त्याउनु हो ।’

उनले युवा संघले नेपालको राष्ट्रियता प्रति गिद्धे नजर लगाउदा, देशमा नाकाबन्दी, भष्ट्राचार तथा राष्ट्र संकटमा परेका बेला देशको अस्तित्व कायम गर्न सक्ने दावी गरे ।

सोही अवसरमा नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसीले पछिल्लो समयमा बढ्दो युवा विदेश प्लायनलाई न्युनिकरण गरि युवा लक्षित उत्पादनमुखी कार्यक्रम गर्नुमा जोड दिईन् ।

कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, पूर्व उपाध्यक्ष नरबहादुर थापा, युवा संघ नेपाल केन्द्रिय सदस्य अञ्जु जिसी लगायतले बोलेका थिए ।

युवा संघ नेपाल जिल्ला कमिटि बागलुङको आठौँ जिल्ला अधिवेशनले लोकेन्द्र केसीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ । समितिको उपाध्यक्ष रेशम घर्तीमगर, सचिवमा प्रदिप आचार्य, सहसचिव तारा शर्मा र कोषाध्यक्षमा प्रेम केसी चयन भएको युवा संघ बागलुङले जनाएको छ ।

कार्यक्रम युवा संघ नेपाल जिल्ला कमिटि बागलुङका अध्यक्ष प्रेम लामिछानेको अध्यक्षता,उपाध्यक्ष प्रकाश केसीको स्वागत र सचिव सन्दिप कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *