आगोलागी न्युनिकरण गर्न जुल्फे बन उपभोक्ता समितिको सचेतना कार्यक्रम !

खगेन्द्र विश्वकर्मा, गल्कोट २०७३ माघ २९ । जुल्फे सामुदायीक बन ताराखोलाले खडेरी मौसम हावाहुरीको सिजनसगै गाँउमा आगालागी न्युनीकरण सम्बन्धी सचेतना अभियान सुरु गरेको छ । फागुन, चैत महिनामा खडेरी पर्ने तथा आगालागीबाट मानवीय धनजनको क्षेती हुन नदिने उद्देश्यका साथ जुल्फे सामुदायीक बन तारा १,२,५,६,७,र ८का उपभोक्ता समुहले आगोलागी न्यनीकरण जंगल जोगाउ अभियान अगाडी बढाएको छ ।

आगोलागी हुन नदिन र जंगल तथा बन्यजन्तु र वातावराण सफा राख्नको लागी सुचना पाटी तयार गरेर ताराखोलाको मूख्य बजार चोक गाँउ र जङगल प्रवेश स्थलहरुमा सुचना पाटी टाँस गर्ने जुल्फे सामुदायीक बनकी अध्यक्ष राजकुमारी गौतमले बताईन । उनका अनुसार आगोलागी न्युनिकरण र बन जंगल र बन्यजन्तु आरक्षरण सम्वन्धी सुचना लेखीको बोर्ड टाँस्ने र विभिन्न सामजीक संस्थान कल्व , आमासमुह तथा विद्यालयमा समेत पुगेर उक्त सुचनाले समुदायलाई सुसूचीत गर्ने बताईन ।

ंगलमा भएका जङगली जनावरहरु र पंक्षीहरको शिकार जडीवुटी बन पैदावार लागएतका विभीन्न बन जङगल तथा मानवहित र वातावरण संरक्षण सम्वन्धी विभिन्न सुचना लेखेको सुचनापार्टी जुल्फे सामुदायीक बनको वरिपरी राख्ने भएको छन् । सुचाना बोर्डमा आगोलागी न्युनिकरण गर्नको लागी ध्यान दिउ, जङगल तथा सामुदायीक वन परिधिभित्र जथाभावी आगो नजलाऔ, आगो लगाएमा पुर्ण रुपले निभाएर छोडौ, बालबालीकालाई आगोजन्य वस्तुहरु सलाई ,लाईटर तथा आगोजन्य अन्य सामग्री नदिउ भन्ने नियम लेखीएको छ ।

त्यसैगरी धुम्रपान नगरौ नरेमा चुरोढ , बिढी कंकड पुर्णरुपले निभाउ,खरबारी आवडी तथा खुला स्थानमा आगौ नबालौ बालेमा निभाउ,र जङगी तथा बन्यजन्तु सम्वन्धी बनऐनले टोकेबमोजीमको कुनै जङगली जनावर तथा पंक्षीको शिकार नगरौ लगाएतका सुचना तयार गरेको छ । बनको सुचना विना कुनै बन पैदवार तथा जडीवुटीको उत्खनन गर्न पाईने छैन ।

सामुदायीक वन ऐन विपरीत कार्य गरेको पार्र्ईएमा नजीको प्रहरी चौकी वा सामुदायीक वनमा सुचना गर्नै प्रेरीत गरेको सुचना पाटिमा उल्लेख गरेको छ । यक्त सुचना सहित फागुन १ गते देखी ताराखोलाको करिमेला , रानीवास। छेल्दोर, मपेस, नाङगी, उपल्लो नाङगी , औलाडी चम्पारी लगाएको स्थानमा उक्त सुचना पार्टी राख्ने त्यसैगरी श्री दुर्गा भवानी माध्यामिक विद्यालय तारा ६ बुङती, श्री जुल्फ प्रावी तारा ७ नाङगी ,लावाङ प्रावि तारा १ क्षेजी तथा स्थानीय आमा समुहकोसंग आगोलागी र बन संरक्षरण सम्बन्धी सुचना सम्पे्रसगर्ने जुल्फे सामुदायीक बनका सचिव नारायण घर्तीले बताउनु भयो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.