जयन्ती सहकारी संस्थाको १५ औँसाधारण सभा सम्पन्न,अध्यक्षमा पुनः खनाल !

माधव अधिकारी, काठमाडौँ २०७३ माघ २९ । नागार्जुन नगरपालिका ८,फस्कुचोकस्थित जयन्ती वचत तथा ऋण सहकारी संस्था लिमिटेड को १५ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । सभाले मालती खनालको अध्यक्षतामा संस्थाको नयाँ सञ्चालक समिति चयन गरेको छ भने उपाध्यक्षमा श्याम प्रसाद गिरी,सचिव जीत बहादुर लामा,कोषध्यक्ष दिवाकर खनाल,सदस्य रवि खनाल र लक्ष्मी खड्का निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक भुवन गिरीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्व भूमिसुधार मन्त्री विक्रम बहादुर थापाले समुदायको आर्थिकस्तर तथा स्थानीयबासीको जीवनस्तरमा सुधार ल्याउन सहकारी संस्थाको महत्वपूर्ण भूमिका खेल्नसक्ने बताए ।

समारोहमा संस्थाकी अध्यक्ष मालती खनालले आ.व.२०७२।०७३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । अध्यक्ष खनालको सभापतित्वमा सम्पन्न समारोहमा सदस्य प्रकाशचन्द्र गिरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रमको सञ्चालन सचिव तामाङ्गले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *