आयुर्वेद पद्धतीलाई पुनः गौरवमय स्थान दिलाउनुपर्नेमा जोड !

माधव अधिकारी, काठमाडौँ २०७३ माघ २९ । अञ्चल आयुर्वेद औषधालय,जयबागेश्वरी,काठमाडौँको आयोजना तथा स्थानीय हाम्रो रामकोट वचत तथा ऋण सहकारी संस्थाको सहयोगमा शनिबार नागार्जुन नगरपालिकाको फस्कुमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सञ्चालन गरियो ।

कार्यक्रममा करीब ४०० नगरबासीको निःशुल्क स्वास्थ्य परीक्षण गरी आयुर्वेदिक औषधि वितरण गरिएको थियो ।

कार्यक्रममा उपस्थित अञ्चल आयुर्वेदिक औषधालयका कविराज निरीक्षक डा. श्रवण कुमार श्रेष्ठले आयुर्वेद एक महान चिकित्सापद्धति भएको बताउँदै यसलाई पुनः गौरवमय स्थान दिलाउनुपर्नेमा जोड दिए ।

एलोपेथिक औषधिमा जस्तो आयुर्वेदले कुनै साइड इफेक्ट गर्दैन,यो हाम्रो मौलिक चिकित्सा पद्धति हो उनले भने ।

सो अवसरमा इचङ्गुनारायण आयुर्वेद औषधालयकी इञ्चार्ज मीना दुवाडीले आयुर्वेदप्रति मानिसहरुको आकर्षण बढिरहेकाले यसलाई प्रवद्र्धन गर्न राज्यले सहयोग गर्नुपर्ने बताइन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *