प्रवास : कतारको दोहामा महिला समाजले १०८ औं अन्र्तराट्रिय महिला दिवस मनायो !

उद्धव मगर दोहा कतार २०७४ फागुन २६ । मिती २०१८/०३/०८ का दिन कतार नेपाली एकता अन्र्तगत रहेको महिला विभागले १०८ औं अन्र्तराष्ट्रिय महिला दिवस भव्य र उत्साहाजनक सम्पन्न गरेको छ ।

यस विशेष आयोजना कतार नेपाली समाज महिला विभागले आयोजना गरेको सम्पन्न समारोहमा अध्यक्षता यसै महिला विभागका अध्यक्ष अमिना खानको रहेको थियो भने कार्यक्रम सन्चालन विभागका सचिव जानुका बस्नेत (खड्का) रहेको थियो ।

प्रमुख अतिथी कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुन र अतिथीहरुमा अमिन खान, कतार नेपाली एकता समाजका केन्दि«य कोषाध्यक्ष धन बहादुर परियार के.स सचिव विष्णु थापा, सहयोगी तथा समाजासेवी हितमान खड्का , राजेन्द« रानाभाट आतिथ्य रहेको थियो ।

यस विशेष महिला दिवसमा विभागका सचिव जानुका बस्नेत खड्काले हामी महिलाहरु अरुको मुख ताकेर बस्नुभन्दा नी आफै केही गर्नुपर्छ भन्ने सोच र विचारका साथ अगाडी बढ्नु पर्छ भन्दै कतारमा रहेको नेपाली महिला दिदी बहिनीहरुलाई एकजुट गर्नु पर्ने बताईन् ।

मन्तव्य राख्ने क्रममा विभागका अध्यक्ष अमिना खानले कतारमा रोजगारीको लागि नेपालबाट आउनु भएको आम नेपाली दिदी बहिनीहरुलाई ुकतार नेपाली एकता समाज अन्र्तगत रहेको महिला विभागमा गोलबन्ध हुन आहवान गर्दै विभिन्न संगठन मध्ये सबैभन्दा न्यायोचित र समान व्यवहारमा उतार्न सक्ने संगठन एक मात्रै कतार नेपाली समाज रहेको उल्लेख गरिन् ।

यसै गरी मन्तव्य दिने क्रममा कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनले पनि महिला दिदी बहिनीहरु निरन्तर अगाडी बढ्नु पर्ने बताउदै शुभकामना दिएका थिए । अन्तमा कार्यक्रम विधिवधरुपमा समापन भएको अमिना खानले घोषणा गरेकी थिईन् ।
,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.