तम्घासको खुद्रा व्यापारी देखि विनोद चौधरी सम्मको यात्रा !

प्रेम सुनार, गुल्मी २०७३ पुस १७ । छिमेकी जिल्ला अर्घाखाँचीको मरेङ्ग गाविस वडा नम्वर ६ सातपाटामा पिता सुमन्त भुसाल र माता टिका भुसालको कोखबाट २०२७ साल माघ २७ गते जन्मिएका हरिप्रसाद भुसाल २०५० साल देखि तम्घासको पुतली वजारमा व्यवसाय गर्दै आएका छन् ।
व्यवसायका अलवा सामाजिक क्षेत्रमा सक्रिय भुसालले थुप्रै सामाजिक संघ संस्थामा आर्थिक, भौतिक र नैतिक सहयोग गर्दै आएका छन् । उनले रेसुङ्गा वहुमखी क्याम्पसमा स्वार्गिय पिता सुमन्त र स्वर्गिय सुपुत्र विराट भुसालको स्मृतिमा १ लाख भन्दा बढि धनराशीको अक्षय कोष स्थापना गरी दिएका छन् ।
त्यसबाट हरेक वर्ष स्नातक तह प्रथम वर्षको परिक्षामा सर्वोत्कृष्ट छात्र र छात्रालाई पुरस्कृत गर्ने उद्देश्य रहेको उनको भनाई रहेको छ ।
तम्घासको महेन्द्र उच्च मावि, शिद्धवावा उच्च मावि, रेसुङ्गा मावि, गुल्मी उद्योग वाािणज्य संघ र अर्घाखाँची मैत्री समाजको आजिवन सदस्य रहेका भुसालले ति शैक्षिक संस्थाहरुमा आर्थिक सहयोग समेत गरेका छन् ।
रेसुङ्गा नगरपालिका वडा नम्वर १ को वडा नागरिक मञ्चको सदस्य रहेका भुसाल नेकपा माओवादी केन्द्रको राजनीति ग । पार्टीले मुल्याङकन गरी उठाएको खण्डमा आफु मेयरमा समेत उमेदवारी दिन तयार रहेको उनी बताउछन्।
२०५० सालमा गुल्मीको बडागाउँ ७ कालिमाटीकी सरस्वती फुल्देल संग वैवाहिक सम्वन्धमा बाँधिएका भसालको तिन छोरा एक छोरी सहित निकै सुखद दाम्पत्य जीवन थियो । त्यो सुखत दाम्पत्य जिवनमा नियतिको वज्रपात प¥यो । २०७० साल चैत्र महिनाको २८ गते १९ वर्षिय छोरा विराट भुसाल काठमाडौंमा मृत फेला परे ।
रहस्यमय रुपमा भएको उनको मृत्युको घटना अहिले सम्म पनि रहस्यकै गर्भमा रहेको छ । ईन्जिनियर पढदै गरेका विराटको निधनले त्यो परिवारमा अहिले सम्मै शोकको आलो घाउ चहराई रहेको छ ।
सुपत्र विराटको चेहरा अहिले माईला छोरा सम्राट कान्छा आशिष भुषाल र छोरी जेनिसा भुसालको मुहारमा देखि रहेका ति दम्पत्ती माता पिता र छोरा विराटको स्मृतिमा आफ्नो कमाईको केहि हिस्सा समाज सेवामा खर्चिन चाहन्छन् ।
सिजी ब्रुहरीको डिलर , कर्णाली डिस्टलरीको डिलर र माउण्ट एभरेष्ट डिष्टलरीका डिलर रहनु भएका भुसाल पछि आफै उद्योग पति बन्ने चाहन राखी ,चाहना राखी उद्योगपति विनोद चौधरी संग परामर्श लिदै छन् ।
हिजो तम्घासको एउटा सामन्य व्यापारीबाट अहिले देशकै चर्चित उद्योगपति विनोद चौधरी सम्मको यात्रा गरेका भुसाल सामाजिक क्षेत्रमा मृदुभाषी र सहकार्य गर्ने समाज सेवीका रुपमा परिचित छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.