बागलुङमा नेपाल राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ गठन !

बागलुङ २०७३ माघ २८ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ बागलुङको प्रारम्भिक अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता टकराज गुरुङले संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको बताए । संविधान निर्माणको अगुवाई काँग्रेसले गरेकाले संविधान कार्यन्वयनको नेतृत्व पनि काँग्रेसले गर्ने उनको भनाई थियो ।
कार्यक्रममा अपाङ्ग विशेषज्ञ प्रतिमा गुरुङले समेत मन्तव्य राखेकी थिईन् ।

अधिवेशनले जगुपति कँडेलेको अध्यक्षतामा ११ सदस्यीय नेपाल राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ बागलुङ गठन गरेको छ । समितिको उपाध्यक्षमा गुमादेवी पाध्या गौतम, सचिवमा रेशम नेपाली, सहसचिवमा दिनेश थापा र कोषाध्यक्षमा सुमन भुसाल रहेका छन् ।

त्यस्तै केन्द्रीय प्रतिनिधिहरुमा चित्र कार्की, इन्द्रकली पुन, नारायण पौडेल, धनकुमारी पुन, विष्णु पौडेल, गंगा छन्त्याल रहेका छन् । नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत चित्र कार्की र सञ्चालन पार्टी सचिव नवराज पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.