नयाँ शक्तिको धौलागिरी बहुमुखी क्याम्पसमा विद्यार्थी आधार ईकाई गठन

बिक्रम सुनार, बागलुङ २०७३ माघ २८ । नयाँ शक्ति विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पसको भेला शुक्रवार सम्पन्न भएको छ । भेलामा नयाँ शक्ति विद्यार्थी युनियन केन्द्रिय सचिवालय सदस्य प्रकाश केसीेले स्ववियु निर्वाचन नियमित अध्ययन गर्ने विद्यार्थीले नेतृत्व गर्नुपर्ने साथै भडकिलो अपारदर्शी आश्वासनबाट भन्दा एजेन्डा हेरी अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नयाँ शक्ति पार्टी नेपाल बागलुङ जिल्ला संयोजक चित्र सापकोटा, केन्द्रीय परिषद सदस्य एवं जिल्ला प्रचार विभाग प्रमुख कृष्ण सापकोटा लगायतले शैक्षिक रुपान्तरणका लागि अन्वेषण र अनुसन्धान मुलक बनाउनु पर्नेमा जोड दिएका थिए । भेलाले विवेक जिसीकोे संयोजकत्वमा ३५ सदस्यीय नयाँ शक्ति विद्यार्थी युनियन धवलागिरी बहुमुखी क्याम्पस आधार इकाई समिति गठन गरेको छ । स्वतन्त्र विद्यार्थी युनियनको फागुन १७ गते निर्वाचन हुँदै छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *