ग्रीन डेभलमेन्ट बैँक बागलङको चौथो साधारण सभा सम्पन्न !

बिक्रम सुनार, बागलुङ २०७३ माघ २८ । ग्रीन डेभलमेन्ट बैँक लिमिटेडको चौथो वार्षिक साधारण सभा शुक्रवार बागलुङमा सम्पन्न भएको छ । ग्रीन डेभलमेन्ट बैँक लिमिटेड बागलुङले २०७२ साउन १ देखी ०७३ असार मसान्त सम्म ४३ करोड ४८ लाख ८७ हजार ३ सय ९५ रुपैयाको कारोवार गरेको छ । १० करोड शेयर पुँजी रहेको बैकमा ३२ हजार शेयरहरु रहेका संचालक समिति अध्यक्ष गणेश कुमार श्रेष्ठले जानकारी दिए ।

सभाले राष्ट्र बैँकको निर्देशन अनुसार ५० करोड पु¥याउने लक्ष्य सहित डेभलपमेन्ट बैंकले एक कित्ता शेयर बरावर ४ कित्ता दरले हकप्रद शेयर जारी गर्ने भएको छ । साथै हकप्रद शेयरको हदसम्म डेभलपमेन्ट बैकको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, बैँकको पवन्धपत्र तथा नियमावली संसोधन, अध्यक्ष तथा संचालकहरुको बैठक तथा दैनिक भत्ता वृद्धि, यातयात तथा टेलिफोन, पत्रपत्रिका खर्च प्रदान गर्ने लगायतको प्रस्ताव पारित गरेको छ । सभामा ३ जना सर्वसाधरण सदस्यलाई संचालक समितिमा चयन गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *