प्रेस युनियनले आयोजना गरेको निःशुल्क शिविरमा ८१ जना पत्रकारहरुको मृगौला परीक्षण !

बागलुङ, २०७३ माघ २८ । नेपाल प्रेस युनियन जिल्ला शाखा बागलुङको आयोजना, जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङ र धौलागिरी अञ्चल अस्पताल बागलुङको प्राविधिक सहयोगमा जिल्लाका पत्रकारहरुको निःशुल्क परीक्षण शिविर सम्पन्न भएको छ । शिवीरमा ८१ जना पत्रकारहरुले मृगौला परीक्षण गराएका थिए ।

शिविरको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल संयोजक हरिनारायण गौतमले गरेका थिए । उनले कार्यव्यवस्ताले पत्रकारहरुले आफ्नो स्वास्थ्यमा ध्यान दिन नपाउने भन्दै यस कार्यक्रमले स्वास्थ्यप्रति ध्यान दिन प्रोत्साहन गर्ने बताए । उनले नेपाल सरकारसंग मिलेर पत्रकार महासंघले सदस्यहरुका लागि स्वास्थ्य बीमा गराईरहेको समेत बताए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले मृगौला संवेदनशील अंग भएकाले यसको विशेष ध्यान दिने जनचेतना जगाउन आवश्यक रहेको बताए भने नेपाली काँग्रेसका पार्टी सभापति दिपेन्द्रबहादुर थापाले नेपालमा धनी र गरिबबीचको खाडल गहिरिदै गएकाले गरिबहरुले स्वास्थ्य उपचार नपाएर ज्यान गुमाउनु परेको बताए ।

कार्यक्रममा धौलागिरी अञ्चल अस्पताल बागलुङका अध्यक्ष मञ्जेश बम मल्ल, अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. सागर राजभण्डारी, जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ जनस्वास्थ्य प्रशासक दिपकप्रसाद तिवारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल प्रेस युनियन बागलुङका सभापति नरेश कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति प्रदिप पन्तले स्वागत र सचिव संगम घर्ती मगरले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *