Sorry, that menu does not exist.
 

विद्यार्थीलाई शैक्षिक सामाग्री र दिवा खाजाका लागि अक्षयकोष स्थापना !

कमल पौडेल गुल्मी २०७३ पुस १७ । गुल्मीको कुर्घा वार्ड नं. ७ गुर्जाङमा रहेको खड्क देवी प्रा.वि.मा विद्यार्थीहरुको लागी दिवा खाजा, कापि, कलम, झोला तथा पोषाकको लागी अक्षय कोष स्थापनाको लागी सहयोग गर्ने सहयोग दातालाई विद्यालयले धन्यवाद व्यक्त गरेको छ । विद्यालयका प्रधानाध्यापक कुलराज शर्माले सो अक्षयकोष अभियानमा १६ लाख पुगेको र अभियान जारी रहेको जानकारी दिँदै सहयोग गर्ने सवैलाई विद्यालयको तर्फवाट आभार तथा धन्यवाद समेत व्यक्त गरेका छन् ।

३० लाख वरावरको अक्षय कोष स्थापना गरि विद्यार्थीलाई सवै व्यावस्था गर्ने योजनाअनुरुप रकम संकलन अभियान जारी रहेको प्रधानाध्यापक शर्माले जानकारी दिए । शर्माका अनुसार विद्यालयले सहयोग दाता र रकमलाई सञ्चारमाध्यमवाट प्रशारण गरिने समेत बताए ।

विद्यालयले अक्षय कोष व्यावस्थापनको लागी राम वहादुर पच्या मगरको अध्यक्षतामा अक्षयकोष स्थापना समिति गठन गरेरै अभियान संचालन गर्दै आएको छ भने सो अभियानको प्रधानाध्यापक कुलराज शर्माले संयोजन गर्दै आएका छन् । दलीत र जनजाती समुदायको वाहुल्यता रहेको सो गाउँका विद्यार्थीहरु विविध कारणले विद्यालयमा निरन्तरता दिन नसक्ने तथा दिवा खाजाको व्यावस्था नहुँदा सिकाई उपलब्धिमा समेत गिरावट आएकोले सो अभियान संचालन गरिएको प्र.अ. शर्माले वताए । शर्माका अनुसार सो अभियान वाट ३० लाख संकलन गरि अक्षय कोषको रुपमा राखी त्यसको व्याजवाट प्राप्त आम्दानीले विद्यार्थीकोलागी दिवा खाजा, पोसाक, तथा स्टेसनरी सामाग्रिको व्यावस्था गरिने छ ।

यस्तै विद्यालयले आगामि फागुन १ र २ गते आफ्नो वार्षिकोत्सवको सन्दर्भमा सवै सहयोगीहातहरुलाई सम्मान गर्ने जनाएको छ। सो कार्यक्रममा जिल्ला वाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि तथा सरकारी कार्यालयका प्रमुखहरुको सहभागितामा रहने तयारी भएको प्रधानाध्यापक शर्माले जानकारी दिए । शर्माका अनुसार माघ मसान्त सम्ममा लक्ष्यमा रहेको ३० लाख संकलन गरि सक्ने र सोहि कार्यक्रममा सवैलाई सम्मान गर्ने कार्यक्रम रहेकोछ ।

कक्षा ३ सम्म सञ्चालित सो विद्यालयमा हाल ४१ जना विद्यार्थीले पढ्दै आएका छन्। सो खड्कदेवि प्रा.वि.मा एक जना स्थायी, एक जना राहत र एक जना निजिश्रोतको शिक्षक गरि ३ जना शिक्षक कार्यरत छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply