अमर प्राथमिक विद्यालय अर्गलको जाँगर : भैलो खेलेर ईन्टरनेट-कम्प्यूटर, आलु खेती गरेर मर्मत !

खगेन्द्र विश्वकर्मा, गल्कोट २०७३ माघ २८ । बागलुङ जिल्लाको अर्गल गाविसको सिलेमा रहेको अमर प्राथमिक विद्यालयका विद्यार्थीले स्थानीयको सहयोगमा भैलो खेलेर जम्मा गरेको रकमले विद्यालयमा ईन्टरनेटको पहुँच पराएका छन भने अहिले व्यवहारिक शिक्षा अन्तरगत शुक्रबारे कार्यक्रम अन्तरगत स्थानीय सार्वजनिक जग्गामा आलु खेती गरेर त्यसबाट आम्दानी हुने रकमबाट विद्यालयमा रहेको कम्प्यूटर ईन्टरनेट मर्मत गनेँ भएका छन् । यसको निम्ति अमर प्राथमिक विद्यालयका विद्यार्थीले आफ्नो शैक्षिक बार्षिक कार्ययोजना अनुसार शुक्रवारे क्रियाकलाप अन्तरगत आज आलु खेती गरेको विद्यालयका प्रधानध्यापक प्रमानन्द गौतमले बताए।

अर्गल गाविसका वडानं-१ सिले थालेपोखरामा रहेको सार्वजनिक ३ रोपनी जग्गामा अमर प्राथमिक विद्यालयका शिक्षक विद्यार्थी, अभिवावक र थामी बाल क्लबको सहभागीतामा उक्त जग्गामा आलु खेती गरिएको हो ।

पहिलो चरणमा ८ पाथी आलु लगार्ईको छ । आलुखेती गर्नुको प्रमुख उद्देश्य विद्यार्थीलाई व्यावहारीका शिक्षामा सहभागी बनाउने अभिभावक ,शिक्षक तथा विद्यार्थिको समिप्यता बढाउने लक्ष्य राखेको छ । साथै अतिरक्त क्रियाकलाप अन्तरगत बार्षिक कार्ययोजनामा उल्लेखीत गरी कार्यन्वयन गरेको अमर प्राथमिक विद्यालयका शिक्षक भिम घर्तीले बताए । उक्त लगाईएको आलु उत्पादन भएको आलु बेचेर प्राप्त भएको रकम विद्यालयको ईन्टरनेट तथा कम्प्युटर मर्मतमा खर्च गर्ने प्रध्यानाध्यापक गौतमले बताए ।

अमर प्राविमा जिल्ला शिक्षा कार्यलयबाट र स्थानीय स्तरबाट भैलो खेलेर रकम संकलन गरी ईन्टरनेटको पहुँच पु-याएको विद्यालयले जनाएको छ । अमर प्राथमीक विद्यालयले शिक्षा क्षेत्रमा उल्लेखीय कार्य गरेको भन्दै नेपाल सरकारबाट राष्ट्रिय पुरस्कार प्रदान गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *