अखिल क्रान्तिकारीको धौलागीरी क्याम्पसमा ईकाई भेला सम्पन्न : स्ववियु सभापतीमा जीवन शर्मा उठ्ने !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ माघ २८ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले धौलागीरी बहुमुखी क्याम्पस बागलुमा शुत्रवार १० औ ईकाई भेला सम्पन्न गरको छ ।
भेलामा बोल्दै अखिल क्रान्तिकारीका केन्दीय उपाध्यक्ष दिवस खत्री पदमले अखिल क्रान्तिकारी विद्यार्थी संगठन गरिव जनताको छोराछोरी तथा विद्यार्थिको संगठन भएको बताउदै अखिल क्रान्तिकारी विद्यार्थिसंगठन शहिदको रगत र बलिदानले आर्जेको संगठन भएको बताए ।
उनले धौलागीरी बहुमुखी क्याम्पसको १० औ ईकाई भेलाबाट आवद्ध संगठनका सदस्यहरुलाई अखिल क्रान्तिकारीको विधान र कार्ययोजनाबाट अगाडी बढ्ने बताए ।

आशन्न स्वतन्त्र विद्यार्थीको धौलागीरी बहुमुखी क्याम्पसको बिजय अखिल क्रान्तिकारीको सुनिश्चित रहेको दावी गरेका छ । अखिल क्रान्तिकारी केन्दीय संगठन र प्रदेश नं ४ को संगठनबाट निर्णय भई धौलागीरी बहुमुखी क्याम्पसमा आफ्नो संगठनको तर्फबाट धौलागीरी बहुमुखी क्याम्पसका नियमीत विद्यार्थी तथा अखिल क्रान्तिकारिका केन्द्रिय सदस्य जीवन शर्मालाई सभापतीको उम्मेदवार घोषणा गरेको छ ।

कार्यक्रमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजिव घिमिरे, अखिल क्रान्तिकारीका केन्दीय सचिव कुशल पौडेले लागाएतले बोलेका थिए।

भेलाले किशोर घर्तीको अध्यक्षतामा ५१ सदस्यीय ईकाइ गठन गरेको छ । उपाध्यक्षमा विकास शर्मा, लालमति रोका, आशा अर्ती, र सचिवमा विदुर रेग्मी, सहसचिव हिमाली रोका र कोष अध्यक्ष प्रमीला खत्री लगाएतको ५१ सदस्यीत समिती गठन गरेको अखिल क्रान्तिकारीको केन्द्रिय सदस्य जीवन शर्माले बताए। भेलाले आशन्त स्ववियु निर्वाचाकोलागी विभागीय जिम्मेवारी तथा कार्यविभाजन गरेको छ । सुरज वि।क र सिता विकलाई दलित विभाग प्रमुख, फुलमाया रोकालाई जनजाति विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

त्यसै गरी खुस्वु घर्तीलाई अतिरक्ति क्रियाकलाप प्रमुख, नविन घर्तीलाई स्वयम सेवक विभाग प्रमुख र लालमती रोकालाई प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारी दिईएको छ । कार्यक्रम विदुर रेग्मीको अध्यक्षता दुर्गा शर्माको स्वागत र जीवन शर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.