बागलुङको दक्षिणमा रहेको बरेङ गाउपालिका सचिव विहीन, सेवाग्राही चरम मर्कामा !

बागलुङ २०७४ फागुन २० । बागलुङ जिल्लाको दक्षिणमा रहेको बरेङ गाउँपालिका वडा सचिव विहीन बनेको छ । गाउँपालिका अन्तरगका पाँच वडाहरु मध्य दुईटा वडामा रहेका सचिवहरुपनि स्वेच्छिक अवकास र काज सरुवा भएपछी सचिव बिहीन बन्न पुगेको हो । बरेङको वडा न. ४ र ५ मा सचिव महेश राय र तमबहादुर खत्री मध्य रायले मन्त्रालयबाट काज सरुवाको कागज लिएर आएको र खत्रीले स्वेच्छिक अवकासको लागि निवेदन दिए पछि गाउँ पालिकाका सचिवविहीन बन्ने भएको हो । गाउपालिकाका विभिन्न शाखाहरुमा दरबन्दी अनुसारका कर्मचारी छैनन् । जस्ले गर्दा गाउपालिका भित्र शिक्षा, लगायतका शाखाहरुबाट प्रवाह गरिने सेवा सुविधाबाट सेवाग्राही प्रभावित बनेका छन् ।

सचिव नहुँदा सेवाग्राहीको काम प्रभावित भएको छ । दैनिक रुपमा वडामा विवाह, मृत्यु, निवेदन लगायतका काम लिएर आउने सेवाग्राहीहरु मर्कामा परेका छन् । केही समय सम्म कार्यालय सहयोगी र सामाजिक परिचालक मार्फत वडाको काम गराउनु परेको थियो । अहिले जम्मा २ जना सचिव समेत नहुने अवस्था आएपछि सेवाग्राही झनै मर्कामा पर्ने भएका छन् ।

अहिले गाउँ पालिका भित्रका विभिन्न कार्यालयमा गरि करिव दर्जन बढि कर्मचारीको आवश्यक रहेको बरेङ गाउँ पालिकाका कार्यकारी अधिकृत बैकुण्ठ पौडेलले जानकारी दिए ।

गाउँ पालिकाका विभिन्न कार्यालय तथा वडाहरुमा कर्मचारी अभाव भएको जानकारी जिल्ला समन्वय समितिमा गराए पनि जगेडा कर्मचारी नभएको जवाफ आयोे, पौडेलले भने–‘धेरै कार्यालय तथा वडामा कर्मचारीको अभाव हुँदा काम प्रभावित बनेको छ, जिल्ला कर्मचारी व्यवस्थापन समितिले छिटै व्यवस्थापन गरे सेवा प्रभावकारी हुन्थ्यो । कर्मचारी अभावले सिङ्गो गाउँ पालिकाको विकास निर्माणलाई प्रभावित बनाउने पौडेलको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply