पर्वत २०७३ माघ २८ । पर्वतको धाइरिङ–८ मा गोरु काटेर खाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । गोरु काटेर खाएको सूचना आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी बार्यालय पर्वतले जनाएको छ ।
प्रहरीले धाइरिङ–८ का झिल्के दर्जी, सन्तु दर्जी, आइते दर्जी, नरबहादुर दमाई र छवि परियारलाई नियन्त्रणमा लिएको हो ।
आरोपित पाँच जनालाई गौबध कसुर ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरी नायव उपरीक्षक शेखर खनालले जानकारी दिए ।