बुर्तिबाङ बजार व्यवस्थापनका लागि नियमित अनुगमन : नियम नमान्नेलाई कडा कार्बाही !

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ माघ २८ । बुर्तिबाङ बजारका सडक पेटीमा व्यापारीहरुले अव्यवस्थित रुपमा राख्ने सामानले बजारको सुन्दरता र सवारी आवागमतमा समस्या भएकाले भन्दै स्थानिय प्रशासन र सरोकारवालाले नियमित अनुगमन गर्ने निर्णय गरेका छन् । एकीकृति सेवा केन्द्र बुर्तिबाङको समन्वयमा प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ, राजनितिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायत सरोकारवालाको आज बुर्तिबाङमा भएको बैठकले फागुन २ गतेदेखि नियमित अनुगमन गर्ने निर्णय गरेको हो ।

बजारको सुन्दरता कायम राख्न र सवारी साधनको आवागमनमा सहजताका लागि पसलका सडक पेटी र सडक नै रोकिने गरि समान नराख्न यसअघि पनि पटक पटक आग्रह गरिएको एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाले जानकारी दिए ।
उनले अब नियमित अनुगमन गरेर नियम नमान्नेलाई जरीवाना सहित समान समेत जफत गरिने बताए ।

एकीकृत सेवा केन्द्र, ईलाका प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ, सञ्चारकर्मी लगायत सरोकारवालाको टोलिले फागुन २ गतेदेखि नियमित अनुगमन गरिने बागलुङ उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईका अध्यक्ष चिन्तामणी शर्माले जानकारी दिए ।

बैठकले बुर्तिबाङ बजारमा हाँस, कुखुरा लगायतका घरपालुवा जनावर जथाभावी छाड्नाले दुर्घटना निम्तिने भन्दै त्यसरी नछाड्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

त्यसरी छाडिने जनावर दुर्घटनामा परेर मरेको अबस्थामा सम्बन्धित धनीले क्षेतीको दावी गर्न नपाउने गरि दुईबर्ष अघि २०७१ कार्तिक ४ गते भएको निर्णय काडाईका साथ कार्यान्वयन गर्ने निर्णय भएको छ ।

बैठकले बुर्तिबाङ बजारको फोहोर व्यवस्थानका लागि स्थानिय सम्पुर्ण सरोकारवाला विच छलफल गरि दीर्घकालिन व्यवस्थापनको योजना बनाउने निर्णय गरेको छ ।

फोहोर व्यवस्थापनको लागि अहिलेसम्म भएका प्रयास फोहोर व्यवस्थित गर्ने जग्गा नहुँदा कार्यान्वयन गर्न समस्या भएकाले अब ल्याण्डफिल्ड साईटका लागि दिगो जग्गा व्यवस्थापन गर्ने योजना निर्माण गर्नुपर्ने सरोकारवालाको भनाई थियो ।
निमलाल पाण्डेको संयोजकत्वमा समिति गठन गरेर फोहोर व्यवस्थापनको १० बुँदे आचार सहिंता बनाई काम अघि बढाउने प्रयास भएपनि अहिले रोकिएको छ ।

समिति माफर्त यसअघि गत असारमा झण्डै एक महिना र पुस १ गते एक दिन बुर्तिबाङ बजारको फोहोर उठाईएको थियो ।

फोहोर व्यवस्थापनको लागि जिम्मा लिएरको व्यवस्थापनले काम गर्न नसक्ने भन्दै फोहोर उठाउन छोडेपछि समस्या भएको समितिले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *