सामुदायिक विद्यालयहरुको खस्कदो स्थिति प्रति जिशिअ मिश्रव्दारा चिन्ता व्यक्त !

अनिश शर्मा गैरे, बागलुङ २०७३ माघ २७ । भानु उमाबि ग्वालीचौरको ५४ औ बार्षिकोत्सब कार्यक्रम विहीवार सम्पन्न भएको छ । बुधवारबाट शुरु भएको कार्यक्रमको औपचारिकरुपमा जिल्ला शिक्षा अधिकारी बिष्णु प्रसाद मिश्रले आज उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका जिशिअ मिश्रले संस्थागत बिद्यालयमा हुने खानेहरुका बालबालीकाहरुले अध्ययन गर्ने तर सामुदायिक बिद्यालयमा हुँदा खाने बालबालिकाहरुले अध्ययन गर्ने भएको हुनाले सरकारले हेर्ने गरेको बताए । उनले सामुदायिक बिद्यालयहरुको खस्कादो स्थिती प्रति चिन्ता ब्यक्त गर्दे सामुदायिक बिद्यालयहरुको गुणस्तर सुधार भएमा मात्र सामाजिक जीवनस्तर माथी उठ्ने बताएका थिए ।

कार्यक्रममा कृषि मन्त्रालयका उपसचिब खिमानन्द भुषाल, शिक्षक संघ बागलुङका अध्यक्ष सागर खरेल, बिद्यालय ब्यबस्थापन समितिका पूर्व अध्यक्ष घनश्याम घिमिरे, वेलफेयर अँग्रेजी बोर्डिङ्ग स्कुलका प्रद्यानाध्यापक बोमकान्त पौडेल, त्रिभुबन उमाबि खर्बाङ्गका प्राचार्य ढालमणी भण्डारी, ब्यबस्थापन समिति सदस्य राजन प्रसाद आचार्य लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा शिक्षक तिर्थमणी भुषालको स्वागत रहेको थियो भने शिक्षक बिष्णु पसाद आचार्य तथा साँस्कृतिक कार्यक्रमको सञ्चालन शिक्षक टिका पाइजाले सञ्चालन गरेका थिए ।

वार्षिकोत्सवमा बिद्यालयका प्राधानाध्यापक केशब खरेलले १ करोड १८ लाख ६३ हजार ९ सय बराबरको आयब्यय बिबरण सार्वजनिक गरेका थिए ।

आज कार्यक्रममा अन्तर सदानात्मक बक्तृत्वकला, अभिभाबहकहरुको सियोमा धागो छिराउने लगायतका प्रतियोगीताहरु सम्पन्न भएका छन ।

२०१९ सालमा स्थापना भएको बिद्यालयमा हाल कक्षा १२ सम्म पढाइ हुदै आएको छ भने अँग्रेजी माध्यममा पनि पढाइ शुरु भएको छ । अहिले बिद्यालयमा जम्माजम्मी ५ सय ६२ बिद्यार्थीहरु रहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.