राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियागित फागुन १ देखि ३ गते सम्म गल्कोट हटियामा हुने !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ माघ २७ । युबा तथा खेलकुद मंत्रालयको राष्ट्रिय कार्यक्रम अर्तगत क्षेत्र नम्बर २ मा संचालन हुने बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १ देखि ३ गते सम्म गलकोटको हटियामा हुने भएपछीे नवौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको तयारी तिब्र पारिएको छ । बिहीवार गलकोट बहुमुखी क्यापसमा जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रमको आयोजना गरी यस बारेमा जानकारी दिएको हो ।

अघिल्ला बर्षसम्म सदरमुकाम बागलुङ बजारमा मात्र सञ्चालन गरिदै आएको प्रतियोगिता यसबर्षदेखि बागलुङ जिल्लाको ३ ओटै क्षेत्र निर्धारण गरि सञ्चालन गर्न लागिएको जिल्ला खेलकुद बिकास समिति बागलुङका अध्यक्ष धन बहादुर परियारले बताए । जिल्लामा मात्र कार्यक्रम सञ्चालन गर्दा गलकोट क्षेत्र पछि परेको र गलकोटमा भएका बिद्यालयहरु छुट्ने गरेको भन्दै यस बर्ष गलकोटलाई एउटा केन्द्र बनाएर कार्यक्रम सञ्चालन गर्न लागीएको परियारले बताए ।

राष्ट्रपति रनिङ शिल प्रतियोगिता अन्तरगत छात्रछात्रा भलिबल , एथलेटिक्स कबड्डी , तेक्वाण्डो र कराँते खेल हुने परियारले जानकारी दिए । प्रतियोगितामा कक्षा १० सम्मका बिद्यार्थीहरुलाई समाबेश गरिने पनि उनले स्पष्ट पारे ।

बिद्यालय भनेको शिक्षा आर्जन गर्ने ठाउ मात्र नभएर अन्य बाहिरी क्रियाकलाप सिक्ने माध्यम भएको परियारको भनाई छ । यस कार्यक्रमले बिद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभालाई बाहिर निकाल्न महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गरे ।

बिगतसम्म जिल्ला केन्द्रित भएको यो कार्यक्रम लामो पछिको प्रयासले गलकोटमा ल्याउन सफल भएको जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष यम श्रीसले बताए । उनले यस प्रतियोगिताले गलकोट क्षेत्रमा भएका खेलाडीहरुलाई आफनो प्रतिभा देखाउन हौसला प्रदान गर्नेे विश्वास समेत जनाए ।

कार्यक्रम सफल पार्नका लागी राहुल बोहोरा संयोजक रहने गरि ८ सदस्यीय ब्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा यम श्रीस, राम केसी, बिरजङ भण्डारी, गुमानसिह भण्डारी, राम खत्री, कमल परियार र अर्जुन खत्री रहनुभएको छ । त्यस्तै कार्यक्रममा बिबाद आएमा बिबाद सुल्झाउने उदेश्यले बम बहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा दिनेश पन्त, देबेन्द्र खत्री, रामप्रसाद शर्मा, तेजिन्द्र बुढाथोकि रहेका छन् । जिल्ला खेलकुद बिकास समिति बागलुङका अध्यक्ष धन बहादुर परियारको प्रमुख आतिथ्यता रहेको कार्यक्रम देबेन्द्र बहादुर खत्रीको अध्यक्षता र राम बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *