Sorry, that menu does not exist.
 

बुढाथोकमा व्यवसायिक कृषकहरुका लागि २ दिने स्थलगत तालिम

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ फागुन १६ । ढोरपाटन नगरपालिकाको वडा नं. ५ बुढाथोकमा आजदेखि व्यवसायिक कृषकहरुका लागि २ दिने स्थलगत तालिम शुरु भएको छ । आर्थिक बर्ष ०७४÷७५ अन्तरगत नगरपालिकाबाट वडाको लागि बिनियोजन गरिएको बजेटबाट उक्त तालिमको आयोजना गिरएको हो ।

व्यवसायिक कृषि विकासको लागि टेवा पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण पुनमगरले बताए । नगरपालिकाले वडा नं. ५ मा कृयाशिल व्यवसायिक कृषकहरुलाई व्यवसाय प्रवद्र्धन तालिम तथा कृषि सामाग्रीहरु वितरण गर्नको लागि १ लाख ८० हजार रुपैँया पनि विनियोजन गरेको पुनले बताए ।

तालिमको उद्घाटन कार्यक्रममा कृषि सेवा केन्द्र बुर्तिबाङकी कृषि प्राविधिक सरिता पाण्डे, रुद्रावती कृषि सहकारी संस्थाका सदस्य रेशमराज रेग्मी, ताजा तरकारी कृषक समूह नाथुरीका अध्यक्ष तथा व्यवसायिक कृषक शालिकराम कँडेल, स्थानीय बुद्धिजीवी नरेन्द्र कँवर लगायतको सहभागिता रहेको थियो ।

तालिमको पहिलो दिन वडा नं. ५ मा २८ जना व्यवसायिक कृषकहरुको सहभागिता रहेको थियो । तालिममा मौसम अनुसार तरकारी लगाउने तरिका, तरकारीमा लाग्ने रोग किराको पहिचान तथा निराकरण गर्ने उपाय र विषादीको बारेमा कृषकहरुलाई जानाकारी दिइएको थियो । तालिमलाई कृषि सेवा केन्द्र बुर्तिबाङकी कृषि प्राविधिक सरिता घिमिरे र वडा नं. ५ र ६ का कृषि प्राविधिक महेन्द्र अधिकारीले सहजिकरण गरिरहेका छन्।

कार्यक्रम वडा नं. ५ का अध्यक्ष लम्मण पुनमगरको अध्यक्षता र कृषि प्राविधिक अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply