कराँते खेलाडीलाई पुरस्कार वितरण

कमल पौडेल, बागलुङ (खर्वाङ) २० ७४ फागुन १५ । नेपाल ओलम्पिक कमिटि विहुँकोट शाखा डोजोको आयोजनामा भएको प्रदेश नं. ४ स्तरिय प्रथम कराँते च्याम्पियनसिप २०७४ मा बडीगाड डोजोको तर्फवाट उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको छ।

सो पुरस्कार वितरण कार्यक्रममा बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले खेलमा अनुशासन महत्वपूर्ण भएको भन्दै ध्यान दिन खेलाडीहरुलाई आग्रह गरे । कार्यक्रममा बडीगाड गाउँपालिका वडा नं. ३ का अध्यक्ष खड्क पुन लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गत माघ २८ देखि फागुन १ गते सम्म बिहुँमा सम्पन्न भएको प्रतियोगीतामा बडीगाड डोजोको तर्फवाट ३५ केजी केटा तर्फ नविन थापाले गोल्ड मेडल तथा ४ जना खेलाडिले रजत र ५ जनाले काश्य पदक हात पारेका थिए।

विजेता खेलाडिहरुको लागी वडिगाड डोजोले प्रथमलाई १५ सय, द्धितियलाई एक हजार, र तृतियलाई ५ सयका दरले थप पुरस्कारको व्यावस्था गरिएको थियो ।

कार्यक्रम बडिगाड डोजोका अध्यक्ष तथा प्रमुख प्रशिक्षक राजन पाइजाको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply