छबिलाल पाण्डे, बुर्तिबाङ २०७३ माघ २७ । बुधबार देखि बुर्तिबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुरु भएको निशुल्क स्थायि बन्ध्याकरण सिविर बिहिबार सम्पन्न भएको छ ।
जिल्लाको पश्चिमी क्षेत्रका जनतालाहरुलाई मध्यनजर गरेर जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङको आयोजना तथा मेरि स्टोप सेन्टर नेपालको सहयोगमा सञ्चालीत दुई दिने शिविर सम्पन्न भएको हो । शिविरबाट दुई दिनमा ४ जना महिलाले मिनिल्याप र २४ जना
पुरुषले भ्यासेक्टोमि गराएको जनस्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य अधिकृत सृष्टी उचैले बताईन् ।
शिविरमा बुर्तिबाङ, भिमगिठे, रणसिँह किटेनी, खुँगा, भिमगिे, दर्लीङ, अधिकारीचौर लगाएतका गाविसबाट सहभागिता रहेको थियो । शिविरमा मेरिस्टोप सेन्टरका डा बिजय मानन्धर सहित चार जना र जिल्ला जनस्वास्थ्य कार्यालय बाट ६ जना स्वास्थ्यकर्मीको सेवा उपलव्ध भएको थियो ।