आठौँ राष्ट्रपति रनिङशिल्डको पर्वत क्षेत्र २ को छनोट खेल शुरु !

माधब पराजुली, पर्वत २०७३ माघ २७ । आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पर्वत क्षेत्र नम्बर २ को छनोट खेल फलेवासमा सञ्चालन भएको छ । स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद सबैका लागी खेलकुद भन्ने मुलनाराका साथ बिहीबार बाट शुरु गरिएको हो ।

युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय कार्यक्रम अर्तगत संचालन हुने बिद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनौट खेल आज देखि २९ गतेसम्म चल्ने छ । प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरुलाई समाबेश गरिने छ । आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १५ सय मि.पुरुष दौड,८ सय मि.महिला दौड,१०० मि. पुरुष दौड,छेलो फाल्ने प्रतियोगिता,पुरुष तथा महिला हाईजम्प तथा लङजम्प,पुरुष तथा महिला भलिबल प्रतियोगिता,एथ्लेटिक्स, कबड्डी, तेक्वाण्डो र कराँते लगाएतको खेल हुने जनाईएको छ ।

उक्त राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको जिल्ला शिक्षा अधिकारी रमेश राज पौडेलले उद्घाटन गर्दै विद्यालय भनेको शिक्षा आर्जन गर्ने ठाउँ मात्र नभएर खेलकुद सिक्ने माध्यम भएको बताए । उनले यस कार्यक्रमले विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभालाई उजागर गराउन महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गरे । उनले खेलकुद मानिसको लागी अपरीहार्य अगं रहेको भन्दै खेलकुदले मानिसको शारीरिक, मानसीक एवं वौद्धिक विकास हुने बताए । उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सभ्य र भव्य बनाउनको लागी जिल्ला शिक्षा कार्यालयले निगरानी गर्ने खुलासा गरे ।

बिहिबार पहिलो दिन १५ सय मि.पुरुष दौड,८ सय मि.महिला दौड,१०० मि. पुरुष दौड, छेलो फाल्ने प्रतियोगिता,पुरुष तथा महिला हाईजम्प तथा लङजम्प लगाएतका प्रतियोगिता सम्पन्न भएको छ ।

१५ सय मि. दौडमा लिमिठाना मा.बि.का कमल नेपाली प्रथम। शालीग्राम मा.बि. सेतीबेनीका नबिन तिवारी व्दितीय र जनज्योती उ.मा.बि. खाल्टेका सञ्जय कुवँर तृतीय भएका थिए । अन्य प्रतियोगिताको नतिजा पछील्लो दिन घोषणा गर्ने जिल्ला खेलकुद विकास सघंले जनाएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ११ ओटा बिद्यालयको सहभागिता रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *