रिघा स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटनका लागि मुख्य मन्त्री गुरुङ आउने !

कमल पौडेल, खर्वाङ २०७४ फागुन १४ । गल्कोट नगरपालिका वडा नं. ११ रिघामा नवनिर्मित रिघा स्वास्थ्य चौकी भवनको प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्भाटन गर्ने कार्यक्रम रहेको छ । नवनिर्मित १४ कोठे भवनको यहि फागुन २५ गते मुख्यमन्त्री गुरुङले उद्घाटन गर्ने तय भएको व्यवस्थापन समितिले जानकारी दिएको छ ।

यसैवीच यहि फागुन १९ गते देखी रिघामा सञ्चालन हुने यस क्षेत्रमै ठूलो राशिको खुल्ला फुटबल प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथीको रुपमा मुख्यमन्त्री गुरुङले सम्बोधन तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेकोे वडा अध्यक्ष डम्वर श्रीसले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply