अध्यक्ष कमल थापालाई नै आगामी एकता महाधिवेशनबाट अध्यक्ष निर्वाचित गर्न कार्यकर्ताको संकल्प !

‘तमाम कार्यकर्ताको आह्वान, कमल थापालाई मतदान’ नारा सहित कार्यकर्ताहरु चुनावी प्रचारमा !

काठमाडौँ २०७३ माघ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालवीच एकीकरण भएपछी आगामी फागुन ६ गते देखी हुन गैरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो ऐतिहासिक एकता महाधिवेशनले कार्यकर्ताहरुमा व्यापक उत्सुकता जगाएको छ । मुलुकका पचहत्तरै जिल्लामा विभिन्न गाविस, नगरपालिकाका वडा देखी गाउ नगर क्षेत्रिय समिति एवं जिल्ला कार्यसमितिको निर्वाचनमा जनताको उत्साहजनक सहभागितले मुलुुक नै राप्रपामय बनेको छ । सबै जिल्लाहरुबाट महाधिवेशन प्रतिनिधी छनोट भैसकेको छ भने आम कार्यकर्ताहरुमा चुनावी लहर छाएको छ ।

पार्टीको स्थानीय तहको निर्वाचनमा देखिएको जनसहभागिताबा उत्साहित राप्रपाका तमाम कार्यकर्ताहरु अब राप्रपाको नेतृत्व चयनकालागी चिन्तन गर्न सुरु गरिसकेका छन् । सहप्रवक्ता किरण गिरीका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौ जिल्ला कार्य समितिका नवनिर्वाचित अध्यक्ष नवराज सिंखडाको अध्यक्षतामा बसेको पहिलो बैठकले एक संकल्प प्रस्ताव पारित गर्दै राष्ट्रवादी आन्दोलनका अभियन्ता, कुशल संगठक एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष सम्माननीय श्री कमल थापालाई आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौंमा हुने ऐतिहासिक एकता महाधिवेशनमा केन्द्रीय पार्टी अध्यक्ष पदमा अत्याधिक बहुमतले विजय गराउने सर्वसम्मत्त संकल्प सहित प्रतिवद्धता जाहेर गर्दै “तमाम कार्यकर्ताको आह्वान, कमल थापालाई मतदान ।” नारा तय गरेको छ ।

यसै वीच राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र खडकाले, अध्यक्ष कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको मात्र नभएर राष्ट्रको नेतृत्वका लागी आवश्यक भएकाले फागुनमा हुने एकता महाधिवेशनमा अध्यक्ष पदका लागि थापाको विकल्प नभएको ई बागलुङलाई बताए ।
उता राप्रपा पर्वतबाट आजै महाधिवेशन प्रतिनिधीमा चयन भएका जिल्ला कार्यसमितिका निवर्तमान बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेलले अध्यक्ष कमल थापालाईनै सर्वसम्मतिबाट अध्यक्षमा निर्वाचित गर्न आवश्यक रहेको बताए । उनले ईबागलुङसंगको संक्षिप्त कुराकानीमा पार्टीको वर्तमान, विवादको नभएर मजवूत एकताको उदाहरण प्रस्तुत गर्ने समय भएकाले अध्यक्ष थापालाई नै सर्वसम्मतिबाट अध्यक्ष चुन्नु जरुरी भएको बताउदै यसमा सवै केन्द्रिय नेताहरुको सहमति रहने विश्वास व्यक्त गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *