धौलागिरी क्याम्पसमा व्यवस्थापन संकायमा नेविसंघ इकाइ समिती गठन

हरि शर्मा, बागलुङ २०७३ माघ २८ । धवलागिरी बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा नेविसंघ इकाइ समिती गठन गरिएको छ । व्यवस्थापन संकायकोे प्रथम बर्षमो सविन रिजालको संयोजकत्वमा ६५ सदस्यीय नेविसंघ इकाइ समिती गठन भएको छ । जस्को सहसंयोजकमा बावुराम सुवेदी,सीता शमार्, सदस्य सचिवममा कृष्ण आचार्य रहेका छन् । दोस्रो बर्षको चन्द्रा सापकोटाको संयोजकत्वमा ९१ सदस्यीय नेविसंघ गठन भएको छ । जस्को सह—संयोजकमा आस्माराम चालिसे, सदस्य सचिव सहनशीला गोैतम रहेका छन् ।

त्यस्तै तेस्रो बर्षमा कुशल पुुनको संयोजकत्वमा ९६ सदस्यीय नेविसंघ इकाइ समिति गठन भएको छ ।जस्को सह—संयोजक अनुकला चौधरी मनोज जिसी,सदस्य सचिव मनोज सापकोटा रहनुभएको छ । सो अवसरमा नेविसंघ जिल्ला अध्यक्ष खड््क थापाले नेविसंघले शैक्षिक गुणस्तरमा परिवर्तन गरी समयसापेक्ष व्यवहारीक र प्रयोगात्मक शिक्षाको माध्यमबाट सिकाइ उपलव्धिको संस्थागत गर्न निरन्तर आन्दोलन र संघर्ष गरेको बताए ।

त्यस्तै नेविसंघ जिल्ला कोषाध्यक्ष केन्द्र रसाइलीले स्ववियुको आगामी निर्वाचनमा नेविसंघले विद्यार्थी प्रतिनिधीहरुबाटै सक्षम नेतृत्व चयन गर्ने र त्यस्का लागि सवै विद्यार्थीहरुले नेविसंघमा सहभागी भइ नेविसंघलाइ विजयी गराउन आग्रह गरे । सो अवसरमा नेपाल विद्यार्थी संघ सदस्य बालकृष्ण शर्मा,धवलागिरी क्याम्पस इकाइ सचिव श्रीकृष्ण पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेविसंघ विद्यार्थीहरुको भाग्यशाली पुरस्कार संयोजक जगदीश विशेष पराजुलीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *