विद्यालय शिक्षाको मन्दिर भएकोले गुणस्तरीय शिक्षामा ध्यान दिनुु जरुरी : नगर प्रमुख नेपाली

विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि रु १ लाख १ हजारको अक्षय कोष स्थापना गर्ने उद्घोष

खेमराज अर्याल, बुर्तिवाङ २०७४ फागुन १२ । ढोरपाटन नगरपालिका ४ छोरेगाँउमा रहेको छोरेगाँउ माध्यमिक विद्यालयको ३५ औँ वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले वार्षिकोत्सवको उद्घाटन गर्दै विद्यालय शिक्षाको मन्दिर भएकोले विद्यार्थीले विद्यालयबाट गुणस्तरीय शिक्षा पाउनुपर्ने बताए । शैक्षिकस्तर वृद्धीका लागी शिक्षक अभिाभावक र विद्यार्थी सबैले मेहेनत गर्नुपर्ने उनको सल्लाह थियो ।

सोही अवसरमा नगर प्रमुख नेपालीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धीका लागी व्यक्तिगत रुपमा १ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिने उद्घोष गर्दै शिक्षा विकासको प्रमुख आधार भएकोले आफुले शिक्षालाइ नै प्राथमिकता दिने गरेको बताए ।

फरक प्रसंगमा वोल्दै नेपालीले आगामी आर्थिक वर्षमा छोरेगाँउका लागी कृषि क्षेत्रमा वजेट विनियोजन गर्ने प्रतिवद्धता समेत जनाए ।

नगर प्रमुख नेपालीले हुन्द्रफेदीबाट छोरेगाँउ सम्मको मोटरबाटो फराकिलो बनाउने तथा स्तरवृद्धी गरिने बचन दिँदै कुनै पनि काममा छुट्याइएको वजेट दुरुपयोग हुन नदिने बताउदै दुरुपयोग भएका कानुनी कारवाही गरिने चेतावनी समेत दिए ।

कार्यक्रममा वोल्दै उपप्रमुख करमती घर्ती पुनले विद्यार्थीको भविष्य अभिाभावक र शिक्षकको काँधमा रहेको बताउदै वालवालिकाको पढाइमा ध्यान दिनुपर्ने बताईन् ।

उत्तरगंगा मावि स्रोतकेन्द्रका स्रोतव्यक्ति हरिचन् पाण्डेले शैक्षिकस्तर सुधारका लागी शिक्षक अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध रहनुपर्ने बताए ।
कार्यक्रममा जेष्ठ नागरिक यमकान्त गैरे विद्यालयका पुर्व व्यवस्थापन समिति अध्यक्ष एवं उद्योग वाणिज्य संघ बुर्तिबाङ इकाइका अध्यक्ष चिन्तामणी शर्मा नगर कार्यपालिका सदस्य कमला छन्त्याल विक लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा शिक्षक अभिावक संघका अध्यक्ष धनिश्वर गैरे पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु ज्ञान प्रसाद कडेल प्रेमलाल निउरे दिर्घलाल गैरे धनपति गैरे ओम बहादुर शिर्पाली को समुपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ताराप्रसाद कडेलले विद्यालयको आर्थिक प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरेका थिए । विद्यालयले आजै चन्दादाता जग्गादाता सम्मान कार्यक्रम पनि गरिएको थियो ।

कार्यक्रमको अन्तिम दिन आज भएको छात्र भलिवल प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयको समुह बि प्रथम र प्रकाश माविकै समुह ए द्धितिय भएको छ । आधारभुत तह कक्षा १ देखी ५ सम्मको हिसाब दौड प्रतियोगितामा छोरेगाँउ माविका सन्देश पन्थी प्रथम दिपक प्रविका देवी घर्ती व्दितिय र प्रकाश माविकी सिर्जना भण्डारी तृतिय भएका छन् ।

वेलुन फुटाई प्रतियोगितामा विशाल परीयार प्रथम दिनेश खत्री द्धितिय र उज्वल कडेल तृतिय भएका छन् । ३० जनाको सहभागिता रहेको म्युजिकल चियर प्रतियोगितामा राजेश घर्ती प्रथम गोमा गैरे द्धितिय र समिक्षा केसी तृतिय भएका छन् । कार्यक्रममा विजयी सबैलाई आजै पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष निमलाल रसाइलीको सभापतित्वमा सम्पन्न भएको थियो ।

तस्वीर: झरना कँडेल ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply