मंगलमय नेपाल तारा प्रा बि धुल्लुबास्कोटको २८औ बार्सिक उत्सव सम्पन्न

प्रकाश छन्त्याल बरेङ २०७४ फागुन ११ । मंगलमय नेपाल तारा प्रा बि धुल्लुबास्कोटको २८औ बार्सिक उत्सव सम्पन्न भएको छ । बुधबार उद्घाटन भएको कार्यक्रम आज तेस्रो दिन मुल समारोह बरेङ गाउँ पालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले दिप प्रजलन गरि उटघाटन गरेका थिए।

कार्यक्रम बुधबार बिद्यालयका विद्यार्थीहरुका बिच विभिन्न प्रतियोगितात्मक बार्यक्रम सन्चालन गरिएको थिया भने हिजो बिहिवार अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता ,नाँच प्रतियोगिता सम्पन्न गरिएको थियो ।

महिला समुहबाट शिक्षा मुलक गीत र नाचबाट भब्य स्वागत गरिएको थियो । वार्षिक उत्सव समारोहको अवसर बिद्यालयका प्रधानाध्यापक माया थापाले बिद्यालयको बाषिँक शैक्षिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम मा सम्पुर्ण अभिभावकको तर्फबाट रिता बि क, सामुदायिक बन गोइङका कोषाध्यक्ष भागीरथ शर्मा ,सामुदायिक अध्यन केन्द्रका देवी शर्मा पौडेल ,बरेङ गाउँ पालिका स्वास्थ सम्योजक पदम बहादुर पुन,नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सदस्य तथा रेडियो बिहानीका स्टेशन कोअर्डिनेटर प्रकाश छन्त्याल लगायत ले शुभकामना मन्तव्य राख्नु भए को थियो ।कार्यक्रम मा अतिथिहरुलाइ पन्चे बाजागाजाले भब्य स्वागत गरिएको थियो भने प्रतियोगितामा बिजेता भएका बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । बिद्यालय ब्यबस्थपन समितिका अध्यक्ष हिम कुमारी थापाको अध्यक्षता,शिक्ष क भुवन थापा को सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply