निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा अखिल छैठौँको ईकाई गठन !

कृष्ण कँडेल, बागलुङ २०७३ माघ २७ । निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा अखिल छैठौँको ईकाई समिति गठन भएको छ ।

क्याम्पसमा बुधबार भएको विद्यार्थीहरुको भेलाले अनेरास्ववियु छैठौँको ईकाई गठन गरेको हो ।

भेलामा बोल्दै अखिल छैठौँका केन्द्रिय महासचिव भिमलाल पोखरेलले अब स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कसैले रोक्न नसक्ने बताए । उनले त्रिभुवन विश्वविद्यालयले निर्वाचनको मिति तोकेर प्रक्रिया सुरु गरेको अवस्थामा जुनसुकै अवस्थामा पनि स्ववियु निर्वाचन हुने बताए ।

महासचिव पोखरेलले निसीभुजी जनता क्याम्पसमा यसअघि यसअघि स्ववियु गठन नभएको अवस्थामा विद्यार्थीहरुको अधिकार स्थापित गर्न र शैक्षिक सुधारका क्षेत्रमा काम गर्न स्ववियु गठनमा लाग्न विद्यार्थीलाई आग्रह गरे ।

भेलामा अखिल छैठौँ बागलुङका अध्यक्ष शिव चालिसेले पनि मन्तव्य व्यक्त गरका थिए ।

भेलाले रमा छन्त्यालको अध्यक्षतामा २७ सदस्यीय ईकाई कमिटि गठन गरेको अखिल छैठौँले जनाएको छ । समितिको सचिब मधु जीसी र कोषाध्यक्ष मुमादेवी सापकोटा रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *