बरेङ हुग्दीशिरमा हात्तीपाईले रोग सम्वन्धी अन्तरक्रिया सम्पन्न

प्रकाश छन्त्याल बरेङ २०७४ फागुन १० । राष्ट्रिय हात्तीपाईले रोग निवारण दिवसको अवसरमा बरेङ गाँउपालिका हुग्दिशिर स्वास्थ चौकीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

हात्तीपाईले रोग निवारण दिवसको अवसरमा “हात्ती पाईले रोग लाग्न बाट आफु बचौ र अरुलाई पनि बचाउ”भन्ने मुल नाराको साथ हाती पाईले रोग निवारण २०७४ जिल्ला जनस्वास्थ कार्यालय बागलुङको अभियान अन्तरगत हुग्दिशिर स्वास्थ चौकीमा अन्तरक्रिया सम्पन्न भएको हो ।

आगामी फागुन १२, १३ र १४ गतेका दिन हात्तीपाईले रोग लाग्नबाट बच्नको लागी स्वयंसेवकको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने अभियानलाई प्रभावकारी बनाउन आ आफना क्षेत्रका २ वर्ष देखि माथीका बालक देखि सम्पुर्णलाई नछुटाईकन खुवाउने वातावरण सृजना गर्ने उदेश्यले सो अन्तरक्रिया कार्यक्रम गरीएको स्वास्थचौकी निमित्त प्रमुख तिल बहादुर रानाले बताए।

१२ गते देखि शुरु हुने अभियानमा हुग्दीशिरमा अहिले सेवामा रहेका स्वयं सेवक बाहेक अरु थप ६ जना ईच्छुक सहयोगी छनोट गरी अभियान सन्चालन गरिने भएको छ ।

अन्तरक्रिया कार्यक्रममा २८ जनाले हाती पाईले रोग बिरुद्धको औषधी खाई अभियान शुरु गरिएको स्वास्थ चौकी ब्यवस्थापन समितीका अध्यक्ष तथा बरेङ गाँउपालीका वडा न २ का वडा अध्यक्ष गुप्त प्रासाद काला जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply