राप्रपा सधैं गोरखा भूपु सैनिकको हक, हित र अधिकार रक्षाको पक्षमा- कमल थापा

काठमाडौं, २०७३ माघ २६ । राप्रपा अध्यक्ष कमल थापाले गोरखा भूपु सैनिकको हक, हित र अधिकार रक्षाको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको बताएका छन । विगतमा समेत यो समस्या समाधानको निमित्त सक्दो प्रयास गरेको भन्दै उनले यो समस्या समाधानको निमिक्त हुने अभियानमा ऐक्यवद्धता समेत जनाए ।

गोरखा भुपु सैनिक संघ (गेसो) को ज्ञापनपत्र बुझ्दै उनले यो समस्याले स्थायी समाधान हुनुपर्नेमा जोड दिए । यो बिषय नेपाल र बेलायत सरकारको साझा एजेण्डा भएको वताउँदै थापाले आफु सरकारमा हुँदा औपचारिक रुपमा यो बिषय उठाएको स्मरण गर्दै सरकारी स्तरमा औपचारिक पत्राचार गरेको र औपचारिक रुपमा वार्ताको एजेण्डा बन्नु पर्दछ भनेको बताए ।

अरु समस्या समाधानको निमित्त आफु सधैं सकारात्मक भूमिका खेल्न तयार भएको पनि सो अवसरमा उनले प्रतिवद्धता व्यक्त गरेको राप्रपाका सहप्रवक्ता राजाराम बर्तौलाले जानकारी दिए ।

गेसोका सभापति कृष्ण कुमार राईद्धारा हस्ताक्षरित ज्ञापनपत्र बुझाउन एक प्रतिनिधि मण्डल राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.