अब देखी दिन दिनै भेटम नभन !

बिर्ष सानु जुन दिन जे भयो,
तिम्लाई भेट्दा के भयो के भयो,
हिजो लाको एकुन्द्रो मेटम नभन,
जे नहुनु भईहाल्यो पहिलो भेटैमा,
अब देखी दिन दिनै भेटम नभन ।
***
सम्झाउदै थिएँ प्रसंग मोडेर रोयौ,
बिच बाटोमा दुईहात जोडेर रोयौ,
परिस्थिती र बाध्यता थाहा हुँदाहुँदै पनि
छुटिने बेला डाँको छोडेर रोयौ ।
***
चुम्मन दियौ, गला मिचेर गयौ,
आफु बसेको मुटु थिचेर गयौ,
बिश्वासको बदला प्राण लियौ,
मृत लासको तस्बिर खिचेर गयौ ।
***
तैले निर्णय लिनैपर्छ भन्ने
जवानीको दबाव आयो भने !
सँगै जिवन जिउने एउटा
सहयात्रीको अभाव आयो भने !
***
बोट त ढल्छ यहाँ,
अजम्बरी फूलको कुरा नगर ठुली !
त्यती बेला के गछ्यौ कुन्नी,
सोच्दै नसोचोको प्रस्ताव आयो भने !

राजेन्द्र ढकाल,
बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *