विएड प्रथम र व्दितीय बर्षका विद्यार्थीव्दारा नेविसंघ समिति गठन !

हरि शर्मा, बागलुङ २०७३ माघ २६ । धवलागिरी बहुमुखी क्याम्पसमा नेविसंघका विएड प्रथम र व्दितिय बर्षका विद्यार्थीबीच विभिन्न इकाइ समिती गठन भएको छ । स्ववियुको निर्वाचनको मिति नजिकिदै जाँदा नेपाल विद्यार्थी संघ धवलागिरी बहुमुखी क्याम्पसले आफ्ना विद्यार्थीहरुलाइ संगठित गर्ने उद्देश्यले समिति गठन गरेको नेविसंघका इकाइ अध्यक्ष राजु केसीले बताए ।

यसैवीच विएड दोस्रो बर्षमा सन्दीप गौतमको संयोजकत्वमा ५१ सदस्यीय इकाइ समिति गठन भएको छ । विएड प्रथम बर्षमा कृष्ण सुनारको संयोजकत्वमा ७१ सदस्यीय नेविसंघ सदस्य समिति गठन भएको छ । जस्को सहसंयोजक जानकी सापकोटा,सविन रिजाल, सचिवमा अमृता शर्मा र शुरक्षा खड्का रहेका छन ।

कार्यक्रममा नेविसंघ जिल्ला सभापति खड्क थापा धवलागिरी बहुमुखी इकाइ अध्यक्ष राजु केसी उपाध्यक्ष दिनेश पन्त,सचिव श्रीकृष्ण पौडेल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन जगदीश शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *