बुर्तिबाङमा स्थायी बन्ध्याकरण शिविर पहिलो दिनमा १६ जनाको स्थायी बन्ध्याकरण !

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ माघ २६ । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको आयोजना र मेरी स्टोप सेन्टर नेपालको सहयोगमा दुईदिने नि:शुल्क स्थायि परिवार नियोजन शिविर बुधवार देखि बुर्तिबाङमा सुरु भएको छ ।

शिविरमा सन्तानको रहर पुगेका पुरुषका लागि भ्यासेक्टोमि र महिलाका लागि मिनिल्याप सेवा प्रदान गरिने जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सृष्टि उचैले जानकारी दिईन् ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा सञ्चालन गरिएको शिविरको पहिलो दिन आज १६ जनाको स्थायि बन्ध्याकरण गरिएको छ । पहिलो दिन १२ जना पुरुषको भ्यासेक्टोमी र ४ जना महिलाको मिनिल्याप (स्थायी बन्ध्याकरण) गरिएको अधिकृत उचैले बताईन् ।
शिविरमा पहिलो दिन रणसिंहकिटेनी, अधिकारीचौर, बुर्तिबाङ, बोबाङ देविस्थान र दर्लिङका सन्तानको रहर पुगेका पुरुष र महिलाहरुले सेवा लिएका थिए ।

शिविरमा मेरिस्टोप सेन्टरका डाक्टर विजय मानन्धर नेतृत्वको ४ जना स्वास्थ्यकर्मीको टोली र जिल्ला जनस्वाथ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सृष्टि उचै तथा पब्लिक हेल्थनर्स हरिकाँशि पालिखे सहित ६ जना स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।
शिविर बिहिवार पनि सञ्चालन हुनेछ । भोलि विहान ९ बजेदेखि नै सेवा सुरु गरिने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *