पर्वतमा क्रियाशील पत्रकार संंगठन सहमतिय आधारमा नेतृत्व चयनको पक्षमा !

पर्वत २०७३ माघ २६ ।नेकपा एमाले निकट प्रेस चौतारीले आसन्न पत्रकार महासंघको निर्वाचनमा सन्तोष थापालाई अध्यक्षमा लडाउने चौतारीका अध्यक्ष लक्ष्मण सापकोटाले बताईरहँदा पर्वत जिल्लामा क्रियाशील चार पत्रकार संगठनहरु आगामी फागुन ३ गते हुने निर्वाचनमा सहमतिय आधारमा महासंघको नेतृत्व चयन गर्न आव्हान गरेका छन् ।

प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, संगठन र प्रेस सोसाइटीको संयुक्त भेलाले सहमतिय आधारमा नेतृत्व चयन गर्न एक्केबद्धता जनाएका हुन् । प्रेस युनियन पर्वतले सहमतिय आधारमा नेतृत्व चयन हुनुपर्नेमा जोड दिएको छ ।

प्रेस युनियनको भेलाले महासंघको आगामी नेतृत्व सहमतिय आधारमा हुनुपर्नेमा जोड दिएको युनियनका अध्यक्ष छविलाल तिवारीले बताए । उनले महासंघको नेतृत्वको लागि आफ्नो संगठनबाट कसको नेतृत्वमा जाने भन्ने विषयमा छलफल नभएता पनि सहमतिय आधारमै नेतृत्व चयन हुनुपर्नेमा आफूहरु रहेको बताए ।

प्रेस युनियन पर्वतले भने सहमतिय आधारमा महासंघको नेतृत्व चयन हुनुपर्नेमा जोड दिएको छ । महासंघको नेतृत्व चयनका लागि युनियन लागि परेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *