गायक साहानीको महोत्सव पश्चात चोक चोकमा चर्चा !

निर्मल पौडेल पर्वत २०७३ माघ २६ ।अहिलेका चर्चित युवा आधुनिक तथा लोक दोहोरी गाएक जसले दर्शकहरुसंग ताली नमागीकन गड्गडाहट पाए । जो हुन देव शाहानी पछील्लो समय व्यस्त गायक कर्ण प्रिय स्वरका धनी साहानीले पश्चिमाञ्चल औधोगीक व्यापार मेला तथा पाचौँ पर्वत महोत्सवमा यस्तो धमका प्राप्त गरेका हुन । पछील्लो दिन थुप्रै कलाकार स्टेजमा थिए । तर साहानी फरक देखिए । माच्छी तालैमा भेटेको आजै हो अहिँले सालैमा भन्ने लोक दोहोरी २०६० सालमा बजारमा ल्याएर सांगीतिक फाटमा पाईला टेकेका साहानीले अहिँले २ सय गीतमा आवाज भरेको बताउछन् ।

लोक फाँटबाट संिगतमा फुलेका साहानीले आधुनिक, गजल लोक सालैजो, पञ्चेबाजा, रोईला कौडा लगाएत प्राय सबै बिधामा अग्रसर देखिन्छन् ।

देखिदैमा चट्ट हसिँला फरासिलाँ गायक साहानीलाई दिपक गदालले अगाडी बोलाए तब उर्लिएको थियो साहानीको प्रस्तुती दर्शकको रौनक ताली र डान्स ।

फरक प्रतिभा भएका साहानीले अरुलाई मात्र नचाएनन् स्वयं कम्मर भाचीँ भाचीँ आफै नाचेर धेरैको नजरमा कैद भए । महोत्सव सकिएको दिनौ भयो तर उसकैको कहानी आज चोकमा सुनियो । बागलुङ जिल्ला गल्कोटमा जन्मिएका साहानी देशमा मात्र नभएर बिदेशका धेरै स्टेजहरुमा व्यस्त गायकका रुपमा चिनिन्छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.