भुजी मावि अधिकारीचौरमा विव्यस गठन !

कृष्ण कँडेल, बागलुङ २०७३ माघ २५ । भुजी माध्यमिक विद्यालय अधिकारीचौर–१ मा सम्पन्न अभिभावक भेलाले लक्ष्मण पुनको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।

भेलामा बोल्दै स्रोतव्यक्ति वेदबहादुर बुढाले विद्यालयको सञ्चालनका लागि समितिले सक्रियाता पुर्वक काम गर्नुपर्नेका जोड दिए ।

भेलामा शिक्षाप्रेमी व्यक्तित्व तथा उत्तरगगंगा मावि बुर्तिबाङका पुर्वप्रधानाध्यापक वेगबहादुर पुन तथा अभिभावकहरु दिपेन्द्र पुन र लिलबहादुर घर्तीले मन्तव्य व्यक्त गरेका थिए ।

भेलाले लक्षमण पुनको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक चुडामणी पौडेल र सदस्यमा लिलबहादुर घतर्की, खममायाँ घर्ती, राममायाँ दमाई, खिमकुमारी कँडेल र गोपाल विक रहेका छन ।

भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमनाथ कुँवरको अध्यक्षता, शिक्षक थमनाथ पौडेलको स्वागत र शिक्षक सालिन्द्र घर्तीको सुञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *