राप्रपाको प्रथम जिल्ला अधिवेशन सम्पन्न : अध्यक्षमा सुरेन्द्र खडका निर्विरोध !

विक्रम सुनार, बागलुङ, २०७३ माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङको अध्यक्षमा सुरेन्द्र खडका निरविरोध चयन भएका छन् । राप्रपा र राप्रपा नेपालबीच एकता पछि भएको जिल्ला अधिवेशनले खडकाको नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

समितिको सदस्यमा नवीनचन्द्र सर्वुजा, टिकाराम सापकोटा, शैलेन्द्रकुमार श्रेष्ठ, रणबहादुर बोहरा, कृष्णकुमारी शेरचन, नारायणप्रसाद शर्मा, गोमादेवी शर्मा, डम्मरबहादुर नेपाली, रोमन्त बहादुर मल्ल, दिपेन्द्र हमाल, सुभाष लिम्बु, दिपक कँुवर, कृष्ण श्रीस, निमबहादुर भण्डारी, बालाराम गुरुङ रहेका छन् । यस्तै सदस्यमा प्रेमबहादुर घर्ती, मनप्रसाद घर्ती, धनबहादुर कार्की, देवीप्रसाद कँडेल, माया खडका र नरबहादुर खत्री चयन भएको निर्वाचन सयोजक चन्द्रबहादुर क्षत्रीले जानकारी दिए ।

उदघाटन समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य दिलविकास राजभण्डारी, बिदुर खडका, तिलक रिजाल दीपक कुँवर, देवी प्रसाद कँडेल, नेपाल पत्रकार महासंघ बागलुङका सभापति मुकेशचन्द्र राजभण्डारी, धन बहादुर कार्की, हजरत अलिखानले मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला समितिले ३५ प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था रहेको साथै जिल्ला समिति बैठकले उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदाधिकारीको टुङ्गो लगाउने राप्रपाले जनाएको छ ।

अधिवेशन सुरु हुन पूर्व राप्रपाका कार्यकर्ताहरुको जुलुसले बजार परिक्रमा गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *