भरतप्रसाद सापकोटा, बागलुङ बिहुँ २०७५ माघ २८ । अमर माध्यमिक बिद्यालय ब्यस्थापान समितिको अध्यक्षमा वडा अध्यक्ष शिव प्रसाद कँडेल चयन भएका छन् । काठेखोला गाउँपालिका वडा नं ५ स्थित अमर माध्यमिक विद्यालयको अध्यक्षमा, पदेन सदस्य कँडेललाई सर्व सहमत रूपमा चयन गरिएको हो।
पदेन सदस्य स्वत ब्यबस्था रहने सबै सदस्यहरु बाट कँडेललाई नै अध्यक्ष बनाउने आवज उठेपछि सिफारीस गरेको बताईएको छ।
सदस्य हरूमा होमनाथ कँडेल, प्रेम वहादुर पुन, नन्दलाल विक, जमुनादेवी कँडेल , कोपिला पुन, खगिशरा न्यौपाने, प्रतिनिधि रघुपती शर्मा ,सदस्य सचिवमा भीष्म कँडेल लगाएत रहेको शिक्षक दामोदर पौडेलले जानकारी दिए ।
केहि अघि समिति गठन भएपनि अध्यक्षको भने टुङ्गो नहुदा जेष्ठ सदस्य होमनाथ कडेंलको अध्यक्षको कार्य सम्पादन गर्दै आएका थिए ।