भिङगिठे-रनसिँह किटेनी जोड्ने सडक खन्न ल्याएको डोजरमा आगजनी : घटना शंकास्पद !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ माघ २५ । भिमगिठे देखि रनसिँह किटेनी जोड्ने सडक निर्माणका लागि ल्याईएको डोजरमा सोमवार राति आगजनी भएको छ ।

सोमबार दिँउसो श्रेष्ठ निर्माण सेवाबाट स्थानीय दिनेश शर्मा र खगेन्द्र कुमार बुढाले लिजमा ल्याएको बा २ क ३८२० नम्बरको डोजरमा आगजनी भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानामगरले जानकारी दिए । घटनाको बिषयमा अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक रानाले बताए ।

भिमगिठेको वडा नँ ४ ईदिखोला देखि रनसिँह किटेनी जोड्ेने सडक ट्रयाक निर्माणका लागि स्थानीय सडक निर्माण समिती सँग सम्झौता गरी ल्याईएको डोजरमा यसरी ल्याएकै दिन रातमा आगजनी हुनु कसैको रिसिबीका कारण बदमासी भएको हुन सक्ने आशंका गरिएकोे छ ।
यसरी समाजको बिकासमा टेवा पुर्याउने उदेश्यले ल्याईएको बस्तुमाथि आगजनी गर्नु गम्भिर घटना रहेको बताउँदै स्थानीयले घटनाको बिषयमा तत्काल सत्य तथ्य छानबिन हुनुपर्नै माग गरेका छन् ।

उतm सडक भिमगिठे गाविसको ५ लाख र रनसिँह किटेनी गाविसको ५ लाख गरी १० लाख बजेटमा भिमगिठेको बाँसकोट देखि वडा नँ ३ टुनीबोट हुँदै रनसिँह किटेनी जोड्ने सडक खन्न ल्याईएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.